कास्कीकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रम

पोखरा, १७ असार /पोखरा महानगरपालीका वडा नम्वर २४ कास्कीकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रम आज देखि सुरु भएको छ । श्रमका लागि काम भन्ने नारा सहित सुरु भएको सरकारको कार्यक्रम सुरु गर्ने महानगरपालीकाको तेस्रो वडा बनेको छ ।

पोखरा महानगरको ५ लाख आर्थिक सहयोगमा कार्यक्रम सुरु भएको र वर्षमा १ सय दिनपनि रोजगार नपाउने वेरोजगारहरुको सरकारले चैत्र र वैशाखमा सुची संकलन गरेको थियो । कास्कीकोटमा करिब ८२ जनाले रोजगार प्राप्त गरेका छन् ।

कास्कीकोटको देउराली देखि सराङकोट सम्म करिब आठ किलो मिटर बाटोको नाला बनाउने र मर्मत गरिने छ । महानगरका प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक माधव नेपालले व्यरोजगारको सख्या वढ्दो छ शैक्षिक वेरोजगार, वैदेशिक वेरोजगार रहेको बताउदै स्थानिय दर रेटमा श्रमीकहरुले ज्याला प्राप्तगर्ने बताए ।

यस अघि पोखराको १३ र २७ नम्वर वडाहरुले प्रधानमन्त्री रोजगार कार्यक्रमले भ्युटार र सिडी निमार्णको काम गरीरहेका छन् । कार्यक्रमका महानगरपालीकाका कार्यकारी प्रमुख शेषनारयण पौडेलले आफ्नो उत्पादनगर्न सक्ने मान्छे राष्ट्रवादी हुने बताए । उनले श्रममा जोडदिन आग्रह गरे ।

चालु आर्थिक वर्ष सकिन करिब दुई हप्ता बाकी छ तर प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भइ रहदा रोजगारमा सहभागीले भने कुनै तालिम र प्रशिक्षण बिनै कार्यक्रममा सहभागी भएका छन् ।

कार्यक्रममा वडा अध्यक्ष ओम प्रसाद सुवेदी, सन्तु सुवेदी, अग्निधर त्रिपाठी, रुद प्रसाद बस्ताकोटी लगाएतले शुभकामना दिए ।

कमेन्टहरु
Loading...