प्रधानमन्त्री दाहाललाई पोखरामा कालो झण्डा, दुई प्रक्राउ

पोखरा, १ पुष /प्रधानमन्त्री पुष्पकोमल दाहाललाई कालो झण्डा देखाउने दुई विद्यार्थी नेतालाई प्रहरीले प्रक्राउ गरेको छ । अनेरास्ववियु जिल्ला कमिटी कास्कीका अध्यक्ष शेखर गौतम र जिल्ला कमिटी कास्कीका सचिवालय सदस्य माधव गौतमलाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले प्रक्राउ गरेको हो ।

सरकारले नागरिकता, प्रदेशको सिमाना, भाषा जस्ता संवेदनसील विषयमा राष्ट्रघात हुने गरि गैर संवैधानिक गरिकाले संविधान संसोधन प्रस्ताव पेश गर्दा फेरी नेपाली जनताको परिर्वतनको चाहाना माथि कुठाराघात भएको भन्दै अनेरास्ववियु आन्दोलनमा रहेको कमिटीका कोषाध्यक्ष सन्तोष अधिकारी द्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

संविधान संसोधन प्रस्तावको विरुद्ध संगठन आन्दोलित भईरहेको र आन्दोलनकै क्रममा विरोध स्वरुप कालो झण्डा प्रर्दशन गर्ने क्रममा प्रहरी प्रशासन द्धारा चर्को दमन गर्दौ प्रक्राउ गरेको विज्ञप्तीमा उल्लेख छ । गिरफ्तार गरिएका नेता कार्यकर्तालाई विना सर्त तुरुन्त रिहाईको माग गर्दै, अन्यथा कडा भन्दा कडा आन्दोलनको कार्यक्रम गर्ने चेतावनी दिएको छ ।

कमेन्टहरु
Loading...