प्रधानमन्त्री केपी शर्मा ओली पोखरा आउदै

पोखरा, १८ जेठ/प्रधानमन्त्री केपी शर्मा ओली पोखरामा विभिन्न कार्यक्रममा सहभागी हुन शनिबार पोखरा जादै छन् ।

प्रधानमन्त्री ओलीले पोखरामा तीन वटा कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किने कार्यक्रम रहेको सुरक्षा निकायले जानकारी दिएको छ ।

ओलीले पोखराको लेकसाइडमा निमार्ण भएको एक होटल उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसै गरि नेपाल स्काउटको आयोजनामा पोखरामा हुने प्रथम राष्ट्रिय रोभर मुट ( युवा सम्मेलन) मा सहभागीता जनाउने छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पोखरा आउदै
प्रधानमन्त्री केपी शर्मा ओली पोखरा आउदै

पोखराको कोमामागने पार्क सन्चालन हुने कार्यक्रममा १४ देशका ५ हजार युवाको सहभागीता रहने आयोजनले जानकारी दिएका छन् । त्यसै गरि शनिबार नै पोखरामा प्रधानमन्त्री ओलीले रवीन्द्र अधिकारी स्मृती प्रतिष्ठानको घोषणा गर्ने कार्यक्रम रहको छ ।

तीन वटै कार्यक्रमा सहभागी भएर ओली काठमाडौं फर्किने कार्यक्रम रहेको सुरक्षा निकायले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...