हराउदै पोखरामा पिङ संस्कृति

फाइल तस्बिरहरु

सागर राज तिमिल्सिना
पोखरा, २१ असोज/ दशैँमा पिङ, चंगा र मिठा मिठा परिकार, टीका, भेटघाट अनिवार्य जस्तै थियो । तर पछिल्लो समयमा पिङ हाल्ने चलन विस्तारै हराउदै जान थालेका छन् । पोखराको हरेक गाउँ बस्तीका टोलटोलमा हालिने र खेलिने पिङ लोप हुँदै गएको छ ।

वर्षमा एक दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यताका साथ पिङ हाल्ने र दशैँमा पिङ खेल्नु पर्ने नेपाली पुरानो चलन हो । हिजो आज भने आधुनिक जीवन शैलीसँगै नेपाली यस्ता संस्कृति विस्तारै हराउँदै गएका छन् । दसैंतिहारमा ग्रामीण भेगमा रोटेपिङ र लिंगेपिङ मुख्य आकर्षण हुन्थ्यो ।

फेवाताल किनारामा चंगाली पिङ
फेवाताल किनारामा चंगाली पिङ

बिस्तारै मनोरञ्जनका अन्य साधन पनि गाउँ शहर भित्रिन थालेपछि पिङ संस्कृती हराउन थालेको छ । संस्कृतिकै रुपमा विकास भएका पिङको संरक्षणका लागि स्थानीय संस्था तथा व्यक्तिले चासो नदेखाएका कारण पिङ लोप हुदै गएको छ । पहिले टोल टोलमा पिङ भए पनि अहिले भने मुस्कीले लिङगे पिङ मात्रै देख्न पाइन् । चङराली पिङ, रोटेपिङ भने देख्नै छाडिएको पोखरा १८ का स्थानीय हिमलाल लामिछाने बताउ छन् ।

पिङ युवादेखि वयस्कसम्म सबै रोजाइमा पर्दछ । तर आफ्नो गाउँमा पिङ हाल्ने र खेल्ने शैली अब इतिहास बन्छकी भन्ने पिर युवाहरुमा छ । पहिले गाउँ गाउँमा पिङ बनाउने प्रतिस्पर्धा जस्तो चल्ने गरेको थियो । विगतको समयमा समुदायका सबै जना जुटेर पिङ बताउने र मच्चाउँदै रमाइलो गर्ने गर्दथे ।

फेवाताल किनारामा रोटे पिङ
फेवाताल किनारामा रोटे पिङ

पिङ हाल्ने युवा जनशक्ति विदेशीनु, भएका युवाहरु पनि प्रविधिको पछि लाग्दा पिङ संस्कृती नै विस्तारै लिप हुदै गएको छ । पिङ खेल्ने सस्कृती निकै पुरानो भएको पहिलेबाट पिङ खेल्दै आएकाहरु बताउ छन् । उनले पहिले टोल टोलमा देखी पिङ कममात्रामा मात्रै देखीने गरेको बताए ।
पछिल्ला पुस्ताका युवाले परम्परागत संस्कार संस्कृतिलाई जगेर्ना गर्नुभन्दा पनि आधुनिक मनोरञ्जनका विकल्प रोज्नाले पिङजस्तो मौलिक मनोरञ्जनको साधन ओझेलमा परेको हो । दशैँ र तिहारका बेला चाडपर्वमा मात्रै गाउँघरमा जुट्ने युवालाई पिङ बनाउने फुर्सद र सीप पनि छैन । नेपाली मौलिक परम्परा तथा संस्कृति युवा पुस्तामा हस्तान्तरण गर्न नसक्दा संस्कृतिको लोप हुने खतरा छ ।

कमेन्टहरु
Loading...