फोटो पत्रकारीता दिवसको अवसरमा पोखरामा फोटो प्रर्दशनी

पोखरा, १३ बैशाख /फोटो पत्रकारीता दिवसको अवसरमा पारेर पोखरामा फोटो प्रदर्शनी गरेको हो । नेपाल फोटो पत्रकार गण्डकी प्रदेशको आयोजनामा पोखराको लेकसाइडमा फोटो प्रदर्शनी गरेको हो ।

फोटो प्रदर्शनीको अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष तथा क्याप्टेन रामेश्व थापाले उद्घाटन गरे । उनले फोटो पत्रकारीता कठिन पेसा भएको बताउदै त्यसलाई निरन्तरता दिइरहन अनुरोध गरे । उनले हजार शब्दले बोल्न नसक्ने शब्द एक फोटोले जानकारी दिन सक्ने बताए ।

फोटो पत्रकारीता दिवसको अवसरमा पोखरामा फोटो प्रर्दशनी
फोटो पत्रकारीता दिवसको अवसरमा पोखरामा फोटो प्रर्दशनी

आजको अनिवार्यता सशक्त ब्यवसायिक फोटो पत्रकारीता भन्ने नाराका साथ गण्डकी प्रदेशका विभिन्न पर्यटकीय गन्तव्य स्थलको फोटोहरु प्रदर्शनीमा राखिएको छ । गण्डकी प्रदेशका ११ जिल्लाका पर्यटकीय गन्तव्यका ५० वटा फोटोहरु लेकसाइको सडक किनारामा प्रदर्शनीमा राखिएको छ ।

फोटो पत्रकारीता दिवसको अवसरमा पोखरामा फोटो प्रर्दशनी

फोटो पत्रकारीता दिवसको अवसरमा पोखरामा फोटो प्रर्दशनी

Posted by Ganthan.com on Thursday, April 25, 2019

गोरखापत्रमा पहिलो पटक फोटो छापिएको दिनलाई नै नेपालमा राष्ट्रिय फोटो पत्रकारीता दिवस मनाउने गरीएको छ । प्रदर्शनीमा पोखराका फोटो पत्रकारहरु कृष्णमणी बराल, राम गुरुङ, अशेष शाक्य, सागर राज तिमिल्सिना, प्रदिप पौडल, इन्द्र पौडेल, दिपक परियार, उमेश पुन, नारायण आचार्य, दुर्गा पौडेल ,सञ्जय श्रेष्ठ, सुरज श्रेष्ठ, ओम लामा लगाएतले खिचेका फोटोहरु प्रर्दशनीमा रहेका छन् ।

पर्यटकिय ठाउँका फोटोहरु प्रति विदेशी पर्यटक देखि स्वदेशी पर्यटकले अवलोकन गरेका छन् । नेपाल फोटो पत्रकार महासंघ गण्डकी प्रदेश र कास्की शाखाको आयोजना र पर्यटन बोर्ड गण्डकीको सहयोगमा सञ्चालन भएको हो ।

फोटो पत्रकारीता दिवसको अवसरमा पोखरामा फोटो प्रर्दशनी
फोटो पत्रकारीता दिवसको अवसरमा पोखरामा फोटो प्रर्दशनी

कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल, नेपाल फोटो पत्रकार महासंघका अध्यषक्ष ध्रुब आले, नेपाल फोटो पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष राम गुरुङ, सचिब कृष्णमणि बराल लगाएतले फोटो पत्रकारीता र त्यसको महत्वको बारेमा जानकारी दिएका थिए ।

फोटो पत्रकारीता दिवसको अवसरमा पोखरामा फोटो प्रर्दशनी

फोटो पत्रकारीता दिवसको अवसरमा पोखरामा फोटो प्रर्दशनी

Posted by Ganthan.com on Friday, April 26, 2019

कमेन्टहरु
Loading...