पोखराको पालिखेचोक ब्यवस्थित गर्न टेण्डर

पोखरा, २० पुस /पोखराको पालिखेचोक चाक्लो बनाएपछि त्यसलाई ब्यवस्थित बनाउन पोखरा महानगरपालिकाले प्रक्रिया अघि बढाएको छ । सडक र त्यसको सुन्दरताका लागि महानगरले टेण्डर निकालिसकेको छ ।

४१ लाख रुपैयाँ स्टिमेटमा टेण्डर निकालिएको मेयरका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए । टेण्डरका लागि १ महिनाको म्याद छ । टेण्डरबाट ठेकेदार आएपछि तत्कालै काम सुरु हुने उनले बताए । महानगरले तीन महिना अघि जग्गा र घरधनीलाई मुआब्जा दिएर चोक फराकीलो पारेको थियो ।

हाल त्यस क्षेत्रमा गाडी पार्किङ गर्न थालेका छन् । यद्यपी चोकको डिजाईन सहित अहिले टेण्डर निकालिसकिएको पोखरा ४ का वडाध्यक्ष तथा चोक ब्यवस्थित गर्ने अभियानका संयोजक शंकर बास्तोलाले बताए ।

पोखराको पालिखेचोक यस्तो बन्दैछ

पोखराको पालिखेचोकका घर भत्काउन सुरु (भिडियो सहित )

कमेन्टहरु
Loading...