पेट्रोलियम पदार्थको भाउ बढ्यो, ग्यास अब​ प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ

काठमाडौं,  १५ कात्तिक/नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले डिजलमा डेढ रुपैयाँ पेट्रोलमा दुई रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको छ । अब पेट्रोलको भाउ प्रतिलिटर १ सय रुपैयाँ, डिजेल र मटितेलको भाउ लिटरको ७५ रुपैयाँ ५० पैसा पुगेको निगमले जनाएको छ ।

यस्तै ग्यासको भाउ प्रतिसिलिन्डर १३ सय २५ रुपैयाँबाट बढाएर १३ सय ५० पुर्‍याइएको नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए । भारतीय आयल कर्पोरेशनले बुधबार नयाँ भाउ पठाएपछि नेपालमा पनि भाउ बढाइएको उनले जानकारी दिए ।  भाउ नबढाएको भए निगमलाई मासिक २२ करोड रुपैयाँ घाटा लाग्ने पनि प्रवक्ता गोइतले जानकारी दिए । यसअघि गएको असारमा पनि मूल्य समायोजन भएको थियो । असारमा कच्चा तेलको भाउ ५० डलर रहेकोमा अहिले बढेर ६० डलर पुगेको छ ।

कमेन्टहरु
Loading...