पोउवा संघका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुबाट पदभार ग्रहण

पोखरा, ८ असोज / पोखरा उद्योग वाणिज्य संघका नव निर्वाचित पदाधिकारी तथा कार्य समितिका सदस्यहरुले

सपथ तथा पदभारग्रहण गरेका छन् । पोखरा उद्योग वाणिज्य संघमा सोमबार आयोजित विशेष समारोहमा

उनहरुले पद तथा गोपनियताको सपथ लिनुका साथै पदभारग्रहण गरेका हुन् ।

संघको ३२ औँ महाधिवेशनबाट संघमा नयाँ नेतृत्व चयन भएको हो । नव निर्वाचित अध्यक्ष दामु अधिकारीले

यसअघि नै निर्वाचन समितिका संयोजक तीर्थ श्रेष्ठको उपस्थितिमा निवर्तमान अध्यक्ष विश्वशंकर पाखिलेबाट पद

तथा गोपनियताको सपथग्रहण गरेका थिए । सोमबार आयोजित कार्यक्रममा अध्यक्ष अधिकारीले संघका

नवनिर्वाचित पदाधिकारीहरुलाई पदको सपथ गराउए ।

सपथ तथा कार्यभार ग्रहणसँगै अध्यक्ष तथा पदाधिकारीको सोमबार नै पदस्थापन समेत भएको छ । नवनिर्वाचित

अध्यक्ष, पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुलाई संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेले संघका पूर्व

अध्यक्ष तथा गण्डकी प्रदेशका सभासद विन्दुकुमार थापा, संघका कार्यकारी निर्देशक टोपबहादुर थापाको

उपस्थितिमा पदस्थापन गराए ।

यसअघि, नव निर्वाचित पदाधिकारीहरुको सपथग्रहण समारोहमा संघका पूर्व अध्यक्ष तथा गण्डकी प्रदेशका

सभासद विन्दुकुमार थापाले बधाई ज्ञापन गर्दै निजी क्षेत्रको दरिलो संस्था बनाउन आग्रह गरे ।

स्थानीय निकायले एक्कासी गरेको करको दर वृद्धि, मूल्यवृद्धि जस्ता समस्याहरु मात्र नभएर

उद्योगी÷व्यवसायीहरुको आवाजलाई बुलन्द पार्नको लागि निश्चित योजनासहित अगाडि बढ्नु पर्नेमा जोड दिए ।

‘इन्धनमा मूल्य बृद्धि भएको छ,यसले लागत क्षमता बढाउँदा समस्या आएको छ’, उहाँले भन्नुभयो,‘अहिले

अस्तव्यस्त बनेको बजारलाई सुधार्न संघले सम्बन्धित निकायमा आवाज पु¥याउनुपर्छ ।’

एकिकृत सम्पत्ति कर खारेज भए पनि महानगरपालिकाले करको दर बढाएकोले संघ त्यसको बिरुद्धमा उभिनु पर्ने

पनि उनको भनाई रहेको थियो ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेले चुनावमा देखिएको तिक्तता बिर्सेर एक हुन विजेता

अध्यक्ष, पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुलाई आग्रह गरे ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै संघका नव निर्वाचित अध्यक्ष दामु अधिकारीले उद्योगी÷व्यवसायीहरुको

म्याण्डेटले विजयी बनेको वर्तमान कार्य समिति नै सही अर्थमा आफ्नो टिम भएको बताए ।

‘हिजो चुनाव लड्दै गर्दा सिमित व्यक्तिले बनाएको टिम थियो ’,उनले भने,‘त्यो टिम पेन्सिलले लेखिएको थियो,

मार्करले लेखिएको थिएन, त्यसैले त्यो मेटिएको छ ।’

उनले आफू सबैलाई समेटेर उद्योगी व्यवसायीको पक्षमा काम गर्न तयार रहेको उद्घोष गरे । सपथग्रहण

कार्यक्रमको संचालन संघका सदस्यता विकास अधिकृत सुरेश रानाभाटले संचालन गरेका थिए ।

कमेन्टहरु
Loading...