पोखरा उद्योग वाणिज्य संघ चुनावमा विद्युतीय मतदान यसरी भोट हाल्ने

पोखरा, १७ भदौ/ पोखरा उद्योग वाणिज्य संघमा असोज ६ गते हुने निर्वाचनमा विद्युतीय मतदान गर्ने भएको छ ।

त्यसको लागि उद्योग वाणिज्य संघले २२ वटा भोटिङ मेशिन ल्याउने तयारी गरेको छ । ३३ सय ७८ जना सदस्यले

३२ औं अधिवेशनमा नयाँ नेतृत्वको लागि विद्युतीय मेशिनबाट मतदान गर्ने छन् विद्युतीय मेशिनमा विगतको

जस्तो मत बदर हुने सम्भावना भने रहदैन् ।

अध्यक्षदेखि उपमहासचिवसम्मको पदमा मतदाताले मत प्रयोग गर्ने बारे आफनो निर्णय गर्ने सक्ने छन् । त्यसपछि

१० सदस्यको दागि अनिवार्य हाल्नुपर्छ । चार बस्तुगत, दुई कर्पोरेट र दुई उद्योग सदस्यमा पनि अनिवार्य मतदान

गर्नुपर्ने हुन्छ । तोकिएको भन्दा कमलाई मत हाले मेशिनले नै तपाईको मतदान कार्य पुरा भएको छैन् भन्ने संकेत

गर्छ ।

मतदानमा अध्यक्षदेखि उपमहासचिवको नाम, फोटो र क्रमसंख्या उल्लेख हुने ३२ औं अधिवेशनका निर्वाचन

समितिका संयोजक तीर्थ श्रेष्ठले बताए । ‘नाम, फोटो र क्रमसंख्या जहाँ छोएपनि मतदान हुन्छ ।’ उनले भने–‘ पुन

सोही ठाँउमा छोए मत रद्ध हुन्छ । त्यो मत गणनामा रहदैन् । फेरी पुन मतदान गरेपछि गणना हुन्छ ।’ अध्यक्षपछि

मेशिनमा नेक्ष्ट गर्ने संकेत आउँछ । बरिष्ठ उपाध्यक्षमा मत हाल्ने देखिन्छ । त्यसपछि मत हाल्ने फेरी नेक्ष्ट गर्दै

उपमहासचिवसम्मलाई मत हालेपछि सदस्यहरुको नामावली देखिन्छ । सदस्यमा १० जनालाई मतदान गरेपछि

मात्रै मतदानको प्रक्रिया टुंगिन्छ ।

विद्युतीय मतदानको लागि पोखरा उद्योग वाणिज्य संघले २२ वटा मेशिन प्रयोग गर्ने छ । ३ वटा मेशिन मतदानको

समयमा कसरी मत हाल्ने भन्ने बारे सिकाउने प्रदर्शनमा राखिने उनले बताए । १६ वटा मेशिन अध्यक्षदेखि

सदस्यसम्मको लागि हाल्न सकिने छ । ३ वटा मेशिन भने बस्तुगत, कर्पोरेट र उद्योगका सदस्यलाई छुट्टाएर

राखिने संयोजक श्रेष्ठले जानकारी दिए । ‘एकै पटकमा १९ जनाले मत हाल्न सक्छन् ।’ उनले भने–‘मतदान

सकिएको एकडेढ घण्टाभित्रै पुरै नजिता सार्वजनिक गर्ने छौ ।’

मेशिनमा भोटिङ गर्न सदस्यले परिचयपत्र देखाई टोकन दिएपछि मात्रै खुल्छ । प्राविधिकले खुल्ला गर्ने छन् । ५

वटा मेशिनको लागि एकजना प्राविधिक खटिने छन् । प्राविधिकलाई परिचयपत्र देखाई टोकन मेशिनमा मतदान

गर्न सकिने छ । ‘एउटा व्यक्तिको दशवटा फर्म छन् भने एउटा टोकन दिई हाल्यो फर्कियो । अनि दोस्रो टोकन

दियो फर्कियो मतदान गर्यो आयो । एवंवृत्तले गर्नुपर्छ ।’ उनको भनाई थियो ।

अहिले लोडसेडिङ छैन् । तर विद्युत अभाव भएको अवस्थामा समेत मेशिनले काम गर्ने छ । ६ घण्टाको

व्याकअप रहने संयोजक श्रेष्ठले सुनाए । मेशिनको लागि झण्डै ५ लाख खर्च गरिएको छ । आवश्यक खर्च भने

पोखरा उद्योग वाणिज्य संघका सम्पूर्ण उम्मेदवार बनेका पदाधिकारी तथा सदस्यहरुबाट शुल्क लिईने संयोजक

श्रेष्ठले सुनाए ।

कमेन्टहरु
Loading...