पोखरा उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि ६ जना आकांक्षी

धन बस्नेत , पोखरा ६ साउन/पोखरेली उद्योगी ब्यवसायीको छाता संस्था पोखरा उद्योग वाणिज्य संघ विधान संशोधनपछिको पहिलो अधिवेशन नजिकिदै जादा चुनावी दौडधुप सुरु भएको छ । आगामी भदौ अन्तिम साता हुने अधिवेशनको लागि आकांक्षीहरु आन्तरिक रुपमा लविङ गरिरहेका छन् ।

पोखरा उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि ६ जना आकांक्षी
पोखरा उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि ६ जना आकांक्षी

अहिलेसम्मको अबस्था हेर्दा अध्यक्षको लागि ६ जना आकांक्षी देखिएका छन् । बर्तमान प्रथम उपाध्यक्ष देव क्षत्री, कार्यसमिति सदस्यहरु, ईश्वर कर्माचार्य, विश्वशंकर पालिखे, हिरा भट्टराई, नारायण कोईराला र धनीराम बरालले अध्यक्षको लागि लबिङ सुरु गरेका छन् । बराल अघिल्लो अधिवेशनमा सदस्य पदमा पराजित भएका थिए । यद्यपी फेरी चुनावी मैदानमा उत्रने आकांक्षा देखाएका छन् ।

आकांक्षीहरु आफनो अनुकुल भेटघाटमा व्यस्त छन् । अधिवेशनको संघारमा चुनावी रौनक त्यति छाईसकेको त छैन तर विभिन्न पदका आकांक्षीहरुले आफुलाई सहयोग गर्न ब्यवसायीलाई आग्रह गर्दै हिडेका छन् । कतिपयले आफ्नो माहोल बुझ्ने काम पनि गरिरहेका छन् ।

संसोधित नयाँ विधान अनुसार २९ सदस्य नयाँ कार्यसमिति चयन हुनेछ । त्यसको लागि सबै पदमा उमेदवारी रहने छ । अध्यक्षले केवल चार जना सदस्य मनोनय गर्ने पाउने अधिकार विधानमा छ । तर विगतमा जस्तो अध्यक्षले आफनो अनुकुल पदाधिकारी चयन गर्ने पाउने व्यवस्था भने संशोधित विधानले खारेज गरेको छ । त्यसैले अध्यक्षदेखि पदाधिकारी र कार्यसमिति गरी २४ पदमा निर्वाचन हुनेछ ।

आगामी कार्यकालको लागि बरिष्ठ उपाध्यक्षमा हालका द्धितीय उपाध्यक्ष मिनराज काफ्ले र महासचिव रविन्द्रबहादुर प्रजुको दावेदारीता देखिएको छ । यसैगरी उपाध्यक्षमा अर्जुन पोखरेल र विन्दु कोइरालाको चर्चा छ । कोषाध्यक्षमा पवन प्रजापतिको नाम अगाडि आएको छ । बर्तमान कोषाध्यक्ष दिलिपराज श्रेष्ठ भने चुनावी मैदानमा नउत्रिने घोषणा गरिसकेका छन् ।

महासचिवमा बर्तमान उपमहासचिव प्रकाशदेव पालिखे र सदस्य दामु अधिकारीले उमेदवारी दिने प्रवल सम्भावना रहेको उद्योग वाणिज्य संघ स्रोतको ठम्याई छ । उपमहासचिवमा सीता गुरुङको चर्चा छ ।

संशोधित विधान अनुसार उपाध्यक्षमा एक वाणिज्य र अर्को उद्योगबाट निर्वाचित हुनुपर्ने प्रावधान छ । कार्यसमिति सदस्यमा दुई जना कर्पोरेट सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ । ४ जना बस्तुगत संघ सदस्य मध्येबाट नेतृत्वमा जाने प्रावधान विधानले गरेको छ । कार्यसमितिमा एक जना औद्योगिक सदस्यहरुबाट निर्वाचित हुने व्यवस्था छ । अध्यक्षले चार जनालाई भने मनोनयन गर्न पाउने विधानमा उल्लेख छ ।

पोखरा उद्योग वाणिज्य संघको ३१ औं अधिवेशन आगामी भदौ २३ र २४ गते हुने सम्भावना छ । दुई वर्षे कार्यसमिति टुंगिनै लाग्दा पदाधिकारी तथा सदस्यहरु चुनावी अभियानको लागि आन्तरिक तयारीमा जुटेका हुन् । अहिले सम्म कसैले कसैको खुलेरै समर्थन र विरोधमा उत्रिएका छैनन् ।

चुनावी रणनीति बुन्न सबै आकांक्षी व्यस्त छन् । विशेष परिस्थितिमा निर्वाचनलाई पछि सार्नु परेमा कार्यसमितिको सर्वसम्मतबाट बढीमा छ महिना म्याद बढाउन सकिने प्रवाधान विधानमा व्यवस्था छ । संघमा झण्डै तीन हजार व्यवसायी आवद्ध छन् ।

कमेन्टहरु
Loading...