खेलकुदकर्मी पोउवासंघमा चुनावी लड्दै यदु अधिकारी र पवन प्रजापति

पोखरा, १६ भदौ/पोखरा उद्योग वाणिज्य संघको ३२ औं महाधिवेशनको संघारमा छ । चुनावी सरगर्मी बढ्दै

गएको छ । आकांक्षीहरु प्यानल बनाउने धुनमा छन् । खेलकुदका पृष्ठभूमीका पवनकुमार प्रजापति पनि

वाणिज्य संघको महाधिवेशनमा आफुलाई वाणिज्य उपाध्यक्षमा उम्मेदवारको दावेदारी प्रस्तुत गरेका छन् ।

पोखरा शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष समेत रहेको प्रजापति बर्तमान कार्यसमितिका कोषाध्यक्ष

समेत हुन् । कास्की जिल्ला कब्बडी संघका बरिष्ठ उपाध्यक्ष समेत रहेको प्रजापति खेलकुदमा निकै सक्रिय छन्

। त्यसको उदाहरण हो पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको औद्योेगिक व्यापार मेलामै मिष्टर

पोखरा शारीरिक सुगठन प्रतियोगिता । उनकै समयमा पोखरामा वर्षेनी निरन्तर मिष्टर पोखराको संस्करण

आयोजना हुन पुग्यो ।

व्यापार मेलाकै अवसरमा मिष्टर पोखराकोे पाँचौ र छैटौं सस्करण नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना

गरिएको थियो । इन्टरनेशनल फेडेरेसन अफ बडिविल्डिङ (आईएफबिबी) अन्तर्गत कास्की जिल्ला बडिबिल्डिङ

तथा फिटनेस संघका सल्लाहकार समेत हुन् ।

वैदेशिक सहभागितामा जाने शारीरिक तथा कब्बडीका खेलाडीहरुलाई सहयोग गर्दै आएका छन् । खेलकुद क्षेत्रमा

लामो समय विताएका प्रजापति पोखरा उद्योग वाणिज्य संघको उपाध्यक्षमा आफनो दावेदारित प्रस्तुत

गरेका छन् ।

यदु अधिकारी
यदु अधिकारी

व्याडमिन्टनका केन्द्रीय सदस्य रहेका यदु अधिकारी पनि चुनावी दौडधुपमा छन् । उनी भन्छन–‘व्याडमिन्टन

सकियो । अहिले हल्का भएको छ । अब पोखरा उद्योग वाणिज्य संघको चुनावी प्रचारमा जुट्नु छ ।’

असोजको ५ गते पोखरा उद्योग वाणिज्य संघको ३२ औं अधिवेशनको शुरु हुदैै छ । ६ गते नयाँ नेतृत्वको लागि

चुनाव हुने छ । व्याडमिन्टनबाट फुर्सद निस्किएपछि मात्रै चुनावी अभियानमा सोच्ने फुर्सद पाएका अधिकारीले

आफुलाई वाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा उभ्याउने मनस्थिति बलियो बनाएका छन् ।

बरिष्ठ उपाध्यक्षमा उनीसँगै दुईवर्ष अघि अध्यक्षमा पराजित नारायण कोईराला भिड्दै छन् । कोइराला र

अधिकारीसँर्ग बर्तमान औद्योगिक उपाध्यक्ष गोकर्ण कार्कीले चुनावी प्रतिस्पर्धामा उत्रिने सम्भावना छ । यद्यपी

कार्कीले खुलेर आफनो चुनावी प्रतिस्पर्धाको प्रचार गरेका छैनन् ।

पोखरा उद्योग वाणिज्य संघभित्र रहेर सामाजिक उत्तरदायित्व पुरा गर्ने सपनालाई साकार पार्दै छन् । त्यही

भएर उनले पोखराको खानेपानी मुहान मर्दी मुहान खानेपानी शुद्धिकरण परियोजनालाई आफनो कार्यकालमा

पुरा गर्दै स्वास्थ्य प्रति सचेतता देखाए । खेलाडी स्वास्थ्य प्रति कति सम्वेदनशिल बन्नुपर्छ र हुन्छन् भन्ने

उदाहरण उनले खानेपानीको शुद्धिकरण परियोजनाको संयोजक भई काम गरेर देखाएका छन् ।

मर्दीमुहानमा हुदैं शव दहन न्युनिकरण गर्दै शवदहनको लागि दुई चरणमा गरी छ वटा शवदहन गृह बनाई

स्थानीय समुदायलाई हस्तान्तरण गरे । जुन अहिलेसम्म पोखरा उद्योग वाणिज्य संघको नेतृत्वले सामाजिक

उत्तरदायित्व भएपनि पुरा गर्न सकेका थिएनन् । अधिकारीले आफनो पहिलो कार्यकालमै उदाहरणीय कार्य गर्दै

सबैको मनमष्तिस्कमा आफनो छविलाई सजाईसकेका छन् । उनलाई परियोजनामा साथ भने वाणिज्य संघकै

सदस्य कमलबहादुर बस्नेतले दिएका थिए ।

त्यतिमात्रै नभई अधिकारी स्वयं पानीका व्यवसायी समेत हुन् । स्वास्थ्य नागरिक विना सभ्य समाज निर्माण

हुदैन् । पानीकै कारण सयौं रोग निस्किन्छ । त्यसैले उनले स्वास्थ्यकर पानी आम सर्वसाधारणको पहुँचमा

पुर्र्याएका छन् । त्यसैले उनले पोखरा औद्योगिक क्षेत्रभित्र स्थापित अन्नपुर्ण फुड्स एण्ड वेभरेज अन्तर्गतको

सोल्टी पानी मार्फत आम जनमानसमा पुगेका छन् ।

कमेन्टहरु
Loading...