पृथ्वीचोक शालिक पुनस्र्थापना संयुक्त संघर्ष समितिको चरणबद्ध आन्दोलन घोषणा

रिलेअनसनदेखि पोखरा बन्दसम्मको चेतावनी
पोखरा, १ कात्तिक/पृथ्वीनारायण शाह शालिक पुनस्र्थापना संयुक्त संघर्ष समितिले माग पूरा गराउन दबाब दिँदै चरणबद्ध आन्दोलन घोषणा गरेको छ । समितिले कात्तिक २१ देखि अनिश्चितकालीन पोखरा बन्दसम्म गर्ने चेतावनी दिएको छ ।
समितिको सरोकारवाला निकायमा बुझाएको ज्ञापनपत्र सुनुवाई नभएको भन्दै आन्दोलन घोषणा गर्नुपरेको जनाएको छ ।

समितिका संयोजक शंकर खरालले पोखराको पृथ्वीचोकमा निर्माण थालिएको लखन थापाको शालिक निर्माण रोकिनुपर्ने र शालिक नै राख्नुपर्ने राष्ट्रनिर्माता एवं राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको शालिक राखिनुपर्ने आफूहरुको माग रहेको बताए । चरणबद्ध आन्दोलनअन्तर्गत कात्तिक २ देखि १० सम्म प्रचारप्रसार, कात्तिक १० गते बिहान ७ बजे मानवअधिकारचोकदेखि मोटरसाइकल ¥याली, कात्तिक ११ गते दिउँसो १ बजे पृथ्वीचोकदेखि ¥याली सुरु गरी मानवअधिकार चोकमा आमसभा, कात्तिक १५ देखि २० गतेसम्म महानगरपालिका कार्यालय अघि रिले अनसन हुनेछ ।

कात्तिक २० गते साँझ राँके जुलुस प्रदर्शन र भोलिपल्ट कात्तिक २१ गतेदेखि अनिश्चितकालीन पोखरा बन्द आह्वान गरिएको संघर्ष समितिले जनाएको छ । संघर्ष समितिमा विश्व हिन्दू महासंघ, ब्राह्मण समाज, क्षत्री समाज, नेपाल ठकुरी संगम परिवार, विश्वकर्मा समाज, ज्ञानेश्वरी माइ परिवार युवा समाज, जलारी समाज आवद्ध छन् । यस्तै, संघर्ष समितिमा थप सल्लाहकार मनोनीत गरी आठ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।

जसमा समाजसेवी रोमबहादुर भण्डारी, नेत्रबहादुर बस्नेत, रमेश भट्टराई, जलारी समाज अध्यक्ष कान्छाकुमार जलासीलाई सल्लाहकार मनोनीत गरिएको छ । यस्तै, थप सदस्यमा भोला सुवेदी, प्रकाश कुँवर, हरिप्रसाद पौडेल चयन भए । बुधबार समितिले चिप्लेढुंगाबाट सांकेतिक जुलुस निकाली महानगरपालिकाका मेयरको अनुपस्थितिमा उपमेयरलाई भेटी ज्ञापनपत्र सुनुवाई नभएकोबारे गुनासोसमेत गरेको थियो । समितिले तिहारको भोलिपल्ट कात्तिक ५ गते दिउँसो १ बजे केदारेश्वर मन्दिरमा संघसंस्थाको इकाइबाट नै प्रतिनिधिमूलक बैठक बस्ने निर्णयसमेत गरेको छ ।

कमेन्टहरु
Loading...