यातायातलाई ब्यबस्थित गर्न संघको घडी पर्खेर नबस्ने मुख्यमन्त्री गुरुङको उद्घोष

पृथ्वी राजमार्ग बस सञ्चालक प्रालिका निर्वाचित अध्यक्ष/संचालकले लिए सपथ

पोखरा १४, साउन/ गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले यातायात क्षेत्रलाई ब्यबस्थित पार्ने कुरामा प्रदेश सरकारले संघको घडी पर्खेर नबस्ने उद्घोष गरेकाछन्।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिको हालै सम्पन्न भएको प्रथम अधिवेसनबाट निर्वाचित अध्यक्ष एवं संचालकहरुको सोमबार बेलुका पोखरामा आयोजित सपथ ग्रहण तथा पदस्थापना कार्यक्रममा वोल्दै मुख्य मन्त्री गुरुङले यातायात क्षेत्रलाई ब्यबस्थित पार्ने बिषयमा अब संघको घडी पर्खेर नबस्ने उद्घोष गरेका हुन् ।

उनले भने “ यातायात क्षेत्र प्रदेश सरकार माताहातमा परेको छ, संघले कहिले नियम कानुन बनाउला र अनि हामीले बनाउला भनेर अब हामी बस्न सक्दैनौं, यस क्षेत्रलाई ब्यबस्थित पारी प्रदेशको राम्रो आम्दानीको श्रोतलाई हामीले अब छिट्टै कानुन बनाउनु पर्छ, त्यसको लागि संघको घडि पर्खेर हामी बस्न सक्दैनौं ।

” सरोकारवाला पक्षसंग प्रयाप्त छलफल गरी यातायात सम्बन्धि कानुन बनाउने जुन कानुन सवैले पालना गर्ने र अपनत्व हुने गराउने उनको भनाई थियो । उनले भने । “कुनै कानुन संघसंग बाजियो भने बाझिएला हालसम्म संघले यातायात कानुन बनाएकै छैन्, अब त जे होला होला कस्तो बाजिन्छ भनेर नेपालको कानुन बनेको छैन्, यदि बाजिएको कुनै दफा भएमा सर्वेच्चले ब्याख्या गरी यो दफा बाजियो भनेर भनेमा हामी मानौंला । ”

पोखरा पर्यटनको समेत राजधानि भएको पोखरामा अब २४ सै घण्टा खुल्ला गराउनु पर्ने मुख्य मन्त्रीले राय व्यक्त गरे । उनले भने “ पोखरामा अन्तराष्ट्रिय क्षेत्रिय विमानस्थल निर्माण भए पश्चात पोखरामा राति आउने पर्यटकहरुलाई अध्यवसेक सेवा उपलब्ध गराउन पनि अब पोखरालाई चौविसै घण्टा खुल्ला हुने गरी संचालनको तयारी गर्नु पर्छ । ” पोखरामा रिङरोड विना हालको काठमाण्डौं जस्तो अस्त व्यस्त पोखरा हुने उनले दाबी गरे ।

पोखरा रिङरोडको लागि १८ अर्बको लागतमा चिनिया कम्पनीले बनाउने बिषयमा छलफल भएको मुख्य मन्त्री गुरुङले जनाए । निजी क्षेत्रसंगको सहकार्यमा प्रदेशको विकासको लागि प्रदेश सरकार हालेमालो गर्न हरदम तयार रहेको उनले जनाए । नेपालका धेरै कानुनहरु संसोधन गनुपर्ने उनले बताए ।

पोखरा महानगरका मेयर मानबहादुर जिसीले भदौं एक गते देखि इटिकटिङ सिस्टम पोखरामा लागु हुने बताए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पृथ्बी राजमार्गको समितिबाट प्रा.लि.मा रुपान्तरण भए पनि प्रबृत्ति पुरानै भएमा आम जनतालाई झन समस्या हुने दाबी गरे । प्रा.लि.का संस्थापक अध्यक्ष ऐन कुमार शाही, संरक्षक केशव प्रसाद अधिकारी लगायतले राज्यले व्यवसायीको लगानी सुरिक्षत गर्नुपर्नेमा जोड दिए ।

पृथ्वी राजमार्ग बस सञ्चालक प्रालि
पृथ्वी राजमार्ग बस सञ्चालक प्रालि

देशकै सवै भन्दा धेरै यातायात व्यवसायीहरु भएको पृथ्बी राजमार्ग बस संचालक समितिबाट हालै प्रालिमा गएसंगै पहिलो अधिवेस समेत पोखरामा सम्पन्न भएको छ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिको प्रथम अधिवेसनबाट निर्वाचित अध्यक्ष एवं संचालकहरुले सपथ ग्रहण गरेकाछन् । प्रा.लि.ले सोमबार पोखरामा आयोजना गरेको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत अधिवक्ता दामोदर अधिकारीले प्रा.लि.का अध्यक्ष योगेन्द्र बहादुर केसी सहितको ११ जनालाई सपथ ग्रहण गराएका हुन्।

प्रा.लि.को सञ्चालक सदस्यहरुमा अशोक कुमार चौधरी, जय प्रसाद शर्मा, बाबुराम दवाडी (साइला), काशी शर्मा न्यौपाने (रामु), ज्ञान बहादुर केसी (ज्ञानु ), ओम प्रकाश कार्की, भरत कुमार मल्ल, जस बहादुर गुरुङ, मेघराज त्रिपाठी र धर्मराज अर्याल रहेकाछन् । प्रा.लि.कोे यही साउन ११ गते पोखरामा पहिलो अधिवेसन भएको हो । १ हजार ३ सय २७ मतदाता मध्य उक्त अधिवेसनमा १ हजार १ सय ९४ मत खसेको थियो ।

पृथ्बी राजमार्ग बस सञ्चालक समितिबाट पहिलो पटक प्रालिमा गएसंगै अधिवेसन भएको हो । यस अघि केसी समितिको महासचिवमा रहेका थिए । प्रा.लि.को अध्यक्ष केसी सर्वसम्वत अध्यक्ष भएका हुन भने अन्यमा भोटिङ भएको थियो ।

कमेन्टहरु
Loading...