प्रकाशको शवमा प्रचण्डले झण्डा ओढाए, पेरिस डाँडामा श्रद्धाञ्जली दिनेको लाम

काठमाडौ, ३ मंसिर /प्रकाश दाहालको पार्थिव शरीरलाई बुबा एवम पार्टी अध्यक्ष पुष्पकोमल दाहालले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छन्।

प्रकाश दाहालको पार्थिव शरीरलाई अहिले माओवादी केन्द्र पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको छ। हृदयघातका कारण मृत्यु भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिस डाँडामा राखिएको छ।

प्रकाशलाई श्रद्धाञ्जलीका लागि राष्ट्रपति, उपराष्ट्रपति, विभिन्न दलका शीर्ष नेताहरू पेरिसडाँडा पुग्ने भएका छन्।

कमेन्टहरु
Loading...