प्याराग्लाईडिङको दोस्रो राउण्ड सकिदाँ पनि तेस्रो स्थानमा

पोखरा, ११ भदौ/१८ औ एसियाली खेलकुदमा खराब मौसमले गर्दा टास्क पुरा नगरेपनि नेपाली प्याराग्लाईडिङ

पुरुष तर्फ दोस्रो दिनमा पनि चौथो स्थानमा पुगेपनि दुईदिनको औसतमा भने तेस्रो स्थानमै छ । महिला तर्फ

भने एकस्थान पछि धकेलिदैं पाँचौ स्थानमा पुगेको छ ।

टास्क पुरा गर्न नसकेको दोस्रो दिन नेपालले केवल ६९४ अंक जोडेको छ । पहिलो दिन नेपालले २२५५ अंक

जोडेको थियो । दुवै अंक जोडिदाँ नेपाल तेस्रो स्थानमा यथावत रहेको हो । कोरिया दोस्रो राउण्ड सकिदाँ ६८९ अंक

जोड्दै पुगेको छ । तर समग्रमा दोस्रो स्थानमै यथावत छ । शीर्ष स्थान भने इण्डोनेसियाले कब्जा गरिरहेको छ ।

पहिलो दिन २९१७ र दोस्रो राउण्डमा ९०१ अंक जोड्दै शीर्षस्थानमा छ ।

आईतबार दोस्रो राउण्ड सकिदाँ मलेसियन टिम भने दोस्रोमा आयो । यद्यपी समग्रमा भने पाँचौस्थान भन्दा

पछि छ । नेपाललाई दोस्रो राउण्डमा ४७ अंकले पछि पारेको जापान भने समग्रमा तेस्रो स्थानमै छ । दोस्रो

राउण्डमा ७४१ अंक जोडेको छ । भने पहिलो राउण्डमा जापान २०२४ अंकसहित चौथो स्थानमा यथावत नै छ ।

महिला तर्फ भने नेपाली टिम पाँचौ स्थानमा छ । दोस्रो राउण्ड सकिदाँ राउण्ड सकिदाँ नेपालले ३५३ अंक जोड्दै

पाँचौ स्थानमा झनै पुग्यो । कोरियाले दोस्रो राउण्डमा ४०८ अंक जोड्दै शीर्षस्थानमै छ । जापान दोस्रो स्थानमा

रहने क्रममा दोस्रो राउण्डमा ४०५ अंक बटुल्यो । इण्डोनेसियाले आईतबारको दोस्रो राउण्डमा भने ५०३ अंक

जोडेपनि तेस्रो स्थानमै रहेको छ ।

आईतबार कुनैपनि देशका खेलाडीले खराब मौसमका कारण टास्क भने पुरा गर्न नसकेको प्याराग्लाइडिङका

अफिसियल शैलेन रावतले जानकारी दिए । उनका अनुसार अझै तीन राउण्ड बाँकी छ । पाँच राउण्डमा जोडिएको

अंकको आधारमा पदकको निर्णय हुने उनले बताए । इण्डोनेसियाको गुनुङ मास पानकाकमा आयोजित

प्रतिस्पर्धामा पुरुष टिम क्रस कन्ट्रीमा विमल अधिकारी, शुशिल गुरुङ, युकेश गुरुङ, विजय गौतम र विशाल

थापा छन् । त्यसैगरी महिला क्रसकन्ट्रीमा त्रिशा श्रेष्ठ, प्रतिभा भुजेल र सविता तामाङले प्रतिस्पर्धामा छन् ।

कमेन्टहरु
Loading...