पोखरामा जारी पर्वतीय महोत्सवमा हिमाल चढ्नेलाई सम्मान

पोखरा, २५ मंसिर/ पाँचौ ग्रेट हिमालय पर्वतीय महोत्सव पोखरामा मंगलबार देखी पोखरामा औपचारीक रुपमा शुरु भएको छ । दोस्रो दिन अन्तर्राष्ट्रिय पर्वतारोहण दिवस अवसरमा आयोजीत महोत्सवको पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले उदघाटन गर्दै सन् २०२० मा नेपालमा पर्यटन वर्ष मनाए सगँ सन् २०३० सम्म पर्यटक भित्राउन केही न केही गतिविधि गर्ने बताए ।

पर्यटन क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई सम्मानित गरे । साहसिक पर्यटन पुरस्कारबाट पर्वतीय पर्यटनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै कोरियन नागरिक उङ होङ गिललाई सम्मानित गरिएको छ । उङले १६ वटा ८ हजार अग्ला हिमाल आरोहण गरिसकेका छन् ।

त्यसैगरी सर एडमण्ड हिलारी लेगिसी अवार्डबाट डानियल मिर्चोडलाई प्रदान गरियो । पर्यटन विकासमा योगदान पुर्याएको भन्दै भूमिलाल लामा, झलक थापा, हरिध्वज तुलाचन, कमलमान गुरुङ, मुक्ति केसी, टासी जाङ्बो शेर्पा र निमाा ङोङ्बु शेर्पालाई सम्मानित गरिएको थियो । उनीहरुलाई मन्त्री अधिकारीले सम्मानपत्रबाट सम्मानित गरिएको थियो ।

अन्तर्राष्ट्रि पर्वतीय संग्रहालयमा आयोजित महोत्स विज्ञान, प्रविधि, खानको परिकार, सूचना केन्द्र विभिन्न पर्यटकीय बस्तुहरुको समावेश गर्दै ४० वटा स्टलहरु राखिएको छ । तीन दिने महोत्सवमा नेपाल पर्वतारोहण संघले ५० हजार आन्तरिक तथा बाह्य पर्यटकले प्रत्यक्ष अवलोकन गर्ने विश्वास लिएको छ ।

 

 

कमेन्टहरु
Loading...