‘आधुनिक युगमा प्राकृतिक पुलको सेवा’

पोखरा, २८ कात्तिक / एक्काईसौ शताव्दिको आधुनिक युगमा प्राकृतिक पुलले सेवा पु¥याएको छ भन्दा जो कोहीलाई अचम्म लाग्न सक्दछ तर त्यस्तो पुल हेर्न सात समुद्रपार होईन पर्यटकीय नगरि पोखरा आए पुग्दछ ।

समुन्द्री सतहबाट लगभग १० हजार मिटरको उचाईमा अवस्थित पोखराको उत्पत्तिको समग्र इतिहाससंग जोडिएको सेतीनदी माथि अवस्थित ढुङ्गा र माटोले बनेको प्राकृतिक पुल अहिले पनि अध्ययन एवम् अनुसन्धानका साथै उजागरको पर्खाईमा रहेकोछ ।

पुरातात्विक महत्व एवम् आश्चर्य लाग्दो अलौकीक प्राकृतिक सम्पदा भएर पनि सम्बन्धित निकायको ध्यान पुग्न नसकेपछि पछिल्लो समय सो प्राकृतिक पुलको संरक्षण र प्रवद्र्धनमा स्थानीयवासीले सकृयता देखाएका छन् ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं. १७ महतगौडा र १५ को टुटुङगालाई जोडने सेतीनदी माथि अवस्थित उक्त प्राकृतिक पुलकोबारेमा जानकारी प्रदान गर्दै आन्तरिक एवम् वाह्य पर्यटनमा जोड दिने उदेश्यले स्थानीय समाजसेवी नरेन्द्र गिरीको अध्यक्षतामा ढुङ्गेसाँघु पर्यटन प्रवद्र्धन समिति समेत गठन गरिएकोछ ।

पोखरा उपत्यकाको इतिहासको अध्ययन, अवलोकन तथा पुरातात्विक महत्वको स्थलकारुपमा विकास गर्ने सोचका साथ समितिले आप्mनो सकृयता अगाडि बढाएको अध्यक्ष गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक बर्ष २०७३/०७४ मा पर्यटन मन्त्रालयद्धारा विनियोजित रु २५ लाख रुपैयाबाट प्राकृतिक पुल संरक्षण, भ्यू प्वाइन्ट निर्माण, टिकटघर, प्रवेशद्वार, मन्दिर संरक्षण, डिलभिरमा तारबार, शौचालय, सुरक्षा घर लगायतका विभिन्न भौतिक पूर्वाधार तयार गरिएकोछ ।

प्राकृतिक पुलको भु–वनोटको दृश्यवलोकनका साथै पुर्व दक्षिणपट्टि अवस्थित सानो जंगल भित्र रहेको महादेव मन्दिरसम्म पुग्ने बाटो निर्माण गर्ने लक्ष्य रहेको उल्लेख गर्दै उहाँले भन्नु भयो पुलको भारवहन क्षमताको पहिचान गरि यातायातका साधन सञ्चालन गरिने समितिको योजना रहेकोछ ।
सेतीनदीको दायाँबायाँ दुवै किनाराबाट जमिन धाँजा फाटेर एकैतर्पm ढलेका ठूल्ठूला चट्टान एकपसमा जोडिएको र पिँधमा नदीको चिसो पानीले रेटेर खोलेपछि माथिल्लो भागले पुलको आकार लिएको हुनसक्ने भूगोलविद् प्रा डा कृष्ण केसीले बताउनुभयो ।

उहाँका अनुसार माछापुच्छ«े र अन्नपूर्ण हिमालको आसपासमा रहेका हिम ताल फुट्दा सेती नदीमा आएको बाढीले बगाएर ल्याएको ढुंगा, बालुवा, माटो, लेदोसहितको वन जंगलका अवशेषका कारण पोखरा उपत्यकाको उत्पत्ति भएसँगै सो पुल बनेको अनुमान गर्न सकिन्छ ।

पोखरा बजारको बीच भागबाट

भूमिगतरुपमा बगेको सेतीनदी सो स्थानमा पुगेर खुल्ला भएको बताउँदै उहाँले दुर्लभै पाइने प्राकृतिक पुललाई विश्व बजारमा उजागर गरी आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनमा जोडिनु अपरिहार्य भएको उल्लेख गर्नुभयो ।

पोखराको दक्षिणी भेगमा अवस्थित लगभग ३०० फिट गहिराइ, ९० फिट लम्बाइ र २० फिटको चौडाइमा पिरामिड आकारमा निर्मित सो प्राकृतिक पुलबाट शुरुका दिनमा सवै खाले यातायातका साधान ओहोरदोहोर गरेपनि हाल साना साधनलाई मात्र अनुमति दिईएकोछ ।

प्राकृतिक पुलको

दुवैतर्फ धाँजा फाटेको स्थानमा झण्डै तीन किमीको दूरी फुस्रेखोलाबाट बोकेर ल्याएका ढुंगाका लामा लामा छपनी राखेर मानिस तथा जनावरलाई आवतजावतमा सुविधा पुगेको स्थानीय ज्येष्ठ नागरिक चन्द्रकान्त भण्डारीले बताउनुभयो ।

प्राकृतिक पुलको दायाँबायाँ कालोपत्रे गरेर सडक निर्माण गरिएपनि जुन पुलको माथिल्लो भागमा ढुङ्गा छापेर मौलिकतालाई जिवित राख्न पहल भएको अर्का स्थानीय वासिन्दा कर्णाखर भण्डारी बताउनु हुन्छ ।

ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्व बोकेको सो प्राकृतिक पुलको दायाँबायाँ भौतिक संरचना निर्माण, सीताघाटबाट जथाभावी नदीजन्य वस्तु दोहन तथा प्राविधिक जाँच बिना यातायातका साधन सञ्चालनले दिनप्रतिदिन पुल संकटमा पर्दै गएको विज्ञको सामूहिक धारणा छ ।

कमेन्टहरु
Loading...