रसियन प्याराग्लाइडिङ पाइलट रुखमा अल्झिए

सागर राज तिमिल्सिना
पोखरा, २० फागुन /कास्कीको मादी गाउँपालिका छाचोकको जंगल रसियन प्याराग्लाइडिङ पाइलट रुखमा अल्झिएका छन् ।

पोखरा महानगरपालिका १८ सराङकोटबाट उडेका रसियन पाइलट मादी गाउँपालिकाको जंगलको अग्लो रुपमा अल्झिएको मादी गाउँ पालिका वडा नम्बर ७ का अध्यक्ष लालकाजी गुरुङले जानकारी दिए ।

‘रुख निकै अग्लो छ अर्को रुखबाट उनको उद्धार गर्ने प्रयास भइरहेको छ’ उनले भने ‘अर्को रुखबाट डोरी लगाएर पाइलटलाई अर्को रुख सम्म ल्याए तर प्याराग्लाइडिङले अर्को रुखमा नै अल्झीएका कारण तल झार्न कठिन भएको छ ।’ उनी अन्य साथीहरु सगँ उड्दै त्यहाँ आएको बताएका थिए ।

अन्य पाइलटहरु सकुशल भुइमा झरे पनि उनी भने रुखमा अल्झेको बताए । पोखरामा यती बेला करिब २ सय रसियन र अन्य देशका पर्यटकहरु प्याराग्लाइडिङ गर्न पोखरा आएको एक पर्यटन व्यवसायीले बताए ।

कमेन्टहरु
Loading...