एकै परिवारका तीन प्यारापाईलटलाई स्वर्ण, रजत र कास्य पदक

पोखरा, १० बैशाख
जुद्धबहादुर गुरुङ उमेर ३० वर्ष
दुर्गामाया गुरुङ, उमेर १८ वर्ष
स्वष्तिका गुरुङ उमेर १५ वर्ष

एकै परिवारका तीन जना पहिलो पटक समावेश प्याराग्लाईडिङमा पदक जिते । पदक पनि जुद्धले कास्य, दुर्गाले स्वर्ण र स्वष्तिकाले रजत पदक । एकै परिवारका तीन सदस्यले फरक फरक पदक भित्र्याए । एशियाडमा सहभागि भएर फर्किएका खेलाडीलाई पछि पार्दै सानै उमेरमा दुई दिदीबहिनीले पदक जित्न सफल भए ।

सन २०१५ बाट मात्रै दुर्गा र स्वष्तिकाले प्याराग्लाईडिङ उड्न शुरु गरेको । एक महिनाको फरकमा दिदी बहिनीले लिएको प्रशिक्षणपछिको तीन वर्षमा प्राप्त उपलब्धी हो । गण्डकी प्रदेशबाट सहभागि भएका जुद्धले टिम एक्युरेसीमा कास्य पदक जिते । आर्मी तर्फबाट सहभागि बनेकी स्वष्तिकाले व्यक्तिगत क्रस कन्ट्रीमा रजत पदक जितिन् । दुर्गामाया गुरुङले पनि आर्मीबाटै सहभागिता जनाउँदै एक्युरेसी तर्फ स्वर्ण पदक जितिन् ।

वर्षदिन अघि मात्रै स्याङजाको भीरकोटमा आयोजित प्याराग्लाईडिङ च्याम्पियनसिपमा सहभागि हुदैं अनुभव सगाँलेका तीनै जनाले पोखरामा आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो पटक समावेश प्याराग्लाईडिङमा स्वर्ण, रजत र कास्य पदक जिते । ‘२०१२ मा मैले प्याराग्लाईडिङ उड्न शुरु गरें ।’ जुद्ध भन्छन–‘त्यसपछि बहिनीहरुलाई सिकाए ।’

ब्लु स्काई प्याराग्लाईडिङ कम्पनीबाट प्याराग्लाईडिङको उडान भर्न शुरु गरेका जुद्धले तीन वर्षपछि बहिनीहरुलाई पनि आफ्नै पथमा डोहोर्याए । १५ दिनको प्रशिक्षणपछि सोलो उड्न शुरु गरेको बताउँदै जुद्धले भीरकोटमा आयोजित च्याम्पियनसिपमै आफनो प्रतियोगिताको पहिलो अनुभव सगाँल्ने अवसर पाएको जिकिर गरे ।

‘प्रशिक्षणको क्रममा २५ फ्लाईट गरियो । त्यसपछि आफैंले टेण्डम र सोलो दुवै उडान गर्दै प्याराग्लाईडिङमा होमिने जोश बढाए ।’ जुद्धले आफनो अनुभव सुनाउँदै भने–‘राष्ट्रिय प्रतियोगिता समावेशमै पदक जित्दा खुशी लागेको छ ।’ बहिनीलाई सैद्धान्तिक ज्ञान दिएपछि प्रशिक्षणको लागि बावु एडभेन्चर प्याराग्लाईडिङमा उनलै पठाए ।

‘१५ दिनको प्रशिक्षण र सोलो उडान गर्यौं । भीरकोटमा सहभागि भएको अनुभवलाई राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितें । खुशी लागेको छ ।’ १८ वर्षिया दुर्गामाया गुरुङ भन्छिन । उनले एशियाडमा सहभागि भएर फर्किएको महिला टोलीका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्दै इतिहास कोरिन् । गण्डकी प्रदेशबाट सहभागि जनाउने सम्भावना नभएपछि दिदी बहिनीले आर्मीबाट खेलेका हुन् ।

एक महिने कन्ट्रक्याक्टमा उनीहरुले विभागीय टोलीबाट खेल्दै आफनो प्याराग्लाईडिङ करियरलाई उचाईमा पुर्याउने अठोटलाई पुरा गरे । ‘आर्मीले बोलाएको अवस्थामा भविष्यमा पनि आर्मीबाट खेल्छु ।’ दुर्गामाया भन्छिन–‘अहिलेलाई बोलाईसकेको छैन्न । तर बोलाए आर्मीमा जान्छु ।’

एशियाडमा सहभागि हुने अवसरबाट बन्चित भएकी उनले राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्दै ईख पुरा गरिन् । आठौं राष्ट्रिय खेलुकद प्रतियोगितामा प्याराग्लाईडिङ तर्फ आर्मी ४ स्वर्ण पदकसहित टिम च्याम्पियन बन्यो भने गण्डकी प्रदेश २ स्वर्ण पदकसहित दोस्रो स्थानमा रह्यो ।

प्याराग्लाईडिङ

प्याराग्लाईडिङ

Posted by Ganthan.com on Tuesday, April 23, 2019

कमेन्टहरु
Loading...