विमानस्थलको डिपिआर पछि पोखरामा प्याराग्लाईडिङ्गको भविस्या थाहा हुने

सागर राज तिमिल्सिना
पोखरा, ४ असार/पर्यटन मन्त्रालयका सहसचिब बुद्धिसागर लामिछानेले पोखरामा प्याराग्लाइडिङ्गले कहाँ सम्म उडान भर्न पाउने नपाउने भन्ने बारेमा निर्णय भइनसकेको बताएका छन् । नेपाल हवाई खेलकुद संस्था पोखराले आयोजना गरेको प्याराग्लाईडिङ्ग व्यवसाय समस्या, चुनौती, समाधान विषयम छलफल कार्यक्रममा लामिछानेले पोखरा अन्तराष्ट्रिय विमानस्थलको डिपिआर तयार भए पछि मात्रै थाहा हुने बताए ।

पोखरा विमानस्थल निमार्ण पछि पोखरामा प्याराग्लाईडिङ्ग बन्द हुने बताए रहेका बेला उनले अहिले चाइनिज टोलीले पोखरा विमानस्थलको डिपिआर तयार गर्न लागेको बताउदै डिपिआर तयार भएपछि मात्रै के हुने भन्ने थाहा हुने बताए । लामिछानेले व्यावसायीलाई पोखराका सराङकोट, तोरीपानी बाहेक अन्य क्षेत्रमा पनि विकल्पका रुपमा खोजी गर्न सुझाब दिए । उनले प्याराग्लाइडिङ्गलाई व्यवस्थापान गर्दै अगाडी बढ्नु पर्ने बताए । ‘प्याराग्लाइडिङ्गमा सकारात्मक र नकारात्मक दुबै कुरा छन्,’ उनले भने ‘नकारात्मकलाई सुधार गरेर अगाडी बढ्नु पर्दछ ।’

त्यसै गरि नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोख्रेलले पोखरामा धेरै प्याराग्लाईडिङ्ग कम्पनी भएका कारण दर्ता पक्रिया रोकेको जानकारी दिए । उनले २०६९ को प्याराग्लाईडिङ्ग नीतिलाई पहिलो सम्सोधन गर्न लागेको बताउदै सम्सोधन पछि प्याराग्लाईडिङ्ग लाइसेन्स, शुल्क, पटके शुल्क लगाएका सबै समस्या समाधान हुने बताए । उनले नेपाली प्याराग्लाईडिङ्ग पाइलटलाई रोजगारका लागि पहिलो प्रथामिकता दिने बताए ।

त्यसै गरि नागरिक उड्डयन प्राधिकरणका हवाइ सुरक्षा विभागका प्रमुख देबेन्द्र पाण्डेले प्याराग्लाईडिङ्ग पाइलटको लाइसेन्स लिदा स्कुलको प्रमाणपत्र अनिवार्य गरिएको बताउदै स्कुलका लागि पोखरा बाहेकका अन्य क्षेत्रबाट अनुमति लिन पाइने बताए । अन्तरक्रिया कार्यक्रममा नेपाल हवाइ खेलकुद संस्था पोखराका उपाध्यक्ष बसन्त दवाडीले व्यवसायीहरुले आफुले भोग्नु परेका अप्ठेराहरु प्रस्तुत गरेका थिए । नेपालमा अहिले सम्म ७५ वटा प्याराग्लाईडिङ्ग कम्पनीले अनुमति लिएका छन् भने पोखराबाट ६२ वटा कम्पनीले अनुमति पाएका छन् । पोखरामा प्याराग्लाईडिङ्गकम करिब ६२ करोडको लगानी रहेको छ भने वार्षिक ५० हजार भन्दा बढिले प्याराग्लाईडिङ्ग पोखरामा गर्दै आएका छन् ।

कमेन्टहरु
Loading...