पोखरामा मंगलबार पनि प्याराग्लाइडिङ दुर्घटना, एकको मृत्यु

सागर राज तिमिल्सिना
पोखरा, २१ फागुन /पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । एक जना विदेशीक मृत्यु भएको ४८ घण्टा नपुग्दै अर्को एक प्याराग्लाइडिङ पाइलटको मृत्यु भएको हो ।

पोखराको सराङकोटबाट उडेका रसियन प्याराग्लाइडिङ पाइलटको उठेको केही बेरमा सराङकोट मै खस्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनको नाम भने खुलिसेको छैन ।

सोमबार पनि माछापुच्छ्रे गाउँपालिका–९ ठाँटीमा पोर्चुगलका एक जना विदेशी प्याराग्लाइडिङ पाइलट करेन्ट लाग्दा भुईमा झरेका थिए भने अर्का रसीयन पाइलट मादी गाउँपालिका–७ छाचोकमा रुखमा अड्किएका थिए ।

आइतबार मात्र सराङकोटबाट उडेका रोमानियाका पाइलट इबि चिसजिरले प्याराग्लाइडिङ दुर्घटनामै ज्यान गुमाएका थिए । सराङकोटबाट उडेका उनी फेवातालमा खसेका थिए ।

कमेन्टहरु
Loading...