हावाहुरीले ७ वटा प्याराग्लाइडिङ फेवातालमा खसे, चाइनीज पर्यटक अस्वस्थ (भिडियो सहित)

सागर राज तिमिल्सिना
पोखरा, ३० असोज/हावाहुरीले पोखराको फेवातालमा ७ वटा प्याराग्लाइडिङ खसदा एक चाइनीज पर्यटक अस्वस्थ भएकी छन् । दिऊसो करिब साढे दुई बजे हावा हुरी र पानी आउदा ७ वटा प्याराग्लाइडिङ खसेका थिए । स्थानीय जलारी समुदायले तत्कालै उद्धार गरे पछि अन्यको सकुसल उद्धार भएको हो । घाईते चाइनीज पर्यटको पोखराको मेटोसिटि अस्पतालमा उपचार भईरहेको छ ।

स्थानीय व्यवासायी अजुर्न सुबेदीका अनुसार कालो बादल सँगै हावाहुरी आउदा आकासमा उडिरहेका प्याराग्लाइडिङ एक पछि अर्को गर्दै तालमा खसेको बताए । उनले स्थानीय जलारी समुदायले तत्काले उद्धार गरेका कारण कुनै क्षेति हुन नपाएको बताए ।

‘प्याराग्लाइडर सिधै खसेका होइनन्, हावाको चाप अनुसार विस्तारै सुरक्षित रुपमा तालमा झारिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरिक्षक बसन्त कुमार शर्माले जानकारी दिए । प्याराग्लाइड र तालमा खसेलगत्तै त्यहाँ तैनाथ उद्धार डुंगाहरुले तत्कालै उद्धार गरेकाले कुनै मानवीय क्षति नभएको उनले जनाए ।

कमेन्टहरु
Loading...