पोखरामा प्याराग्लाइडिङमा चिल पस्दा दुर्घटना

पोखरा, २१ माघ / पोखरामा सोमबार प्याराग्लाइडिङ दुर्घटना भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट उडेको प्याराग्लाइडिङको ग्लाइडर भित्र अचानक चिल पस्न गई अनियन्त्रित हुँदा प्यारागलाइडिङ दुर्घटना भएको हो ।

प्यारागलाइडिङ करिब २५ फिट अग्लो दमौराको रुखमा अड्किएको थियो । प्याराग्लाइडिङका चालक पोखरा महानरपालिका ६ जरेबर बस्ने वर्ष अन्दाजी ३२ विजय दाहाललाई सकुसल उद्दार गरिएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...