Ganthan News Pokhara
All news from Pokhara & around

पोखराको फेवातालमा प्याराग्लाइडिङ खस्दा एक जनाको मृत्यु

0

पोखरा, १९ फागुन /पोखरा महानगरपालिका १८ सराङकोटबाट उडेको एउटा प्याराग्लाइडिङ फेवातालमा दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ ।

आइतबार बिहान ११ बजेर १८ मिनेटमा फेवातालमा खसेका रोमानियाका नागरिक इडीइकेडीको मृत्यु भएको हो । तालमा खसे लगत्तै उनलाई सुरक्षाकर्मीले उद्धार गरी अस्पताल ल्याए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।

प्याराग्लाइडिङको स्पाइरल गर्दा फनफन घुमेर तालमा खसेको प्रत्यक्षदर्शी पाइलट नारायण पराजुलीले जानकारी दिए । इडीइकेडी ९ जना साथीहरु सहित पोखरामा आएको पराजुलीले जानकारी दिए ।

उनीहरु प्याराग्लाइडिङ गर्नका लागि अघिल्ला वर्ष जस्तै यस वर्ष पनि आएको पराजुलीले जानकारी दिए । उनी सिंगल पाइलट हुन् । उनले पोखरा विमानस्थलबाट फागुन १३ गते प्याराग्लाइडिङ उठ्नका लागि अनुमती लिएका थिए ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु