हल्नचोक–पामे–घाँटीछिना सडक कालोपत्रे र स्तरोन्नत्ति गर्न २ करोड बजेट

श्याम राना

पोखरा, ९ पुस /हल्नचोक–पामे – ठुलाखेत –घाँटीछिना सडक आयोजना स्तरोन्नत्ति हुने भएको छ । प्रदेश सरकार मातहको ‘पूर्वाधार विकास कार्यालय’ र ‘वल्र्ड बैंक’बाट बाटोको स्तरोन्नत्तिका लागि २ करोड बढि बराबरको बजेट निकासा भए पछि बाटोको स्तरोन्नत्ति हुने भएको हो ।

आयोजना सुरु गर्नका लागि लगतकट्टा र सेन्टरपोइन्ट जाँच्ने काम भइ सकेको सडक निर्माण समितिका अध्यक्ष लेखनाथ पराजुलीले बताए । ‘अमिन र इन्जिनियर ल्याएर लगतकट्टा र सेन्टरपोइन्ट जाँच्ने काम भई सक्यो,’ उनले भने, ‘अब ६/७ सय पृष्ठको भिजिएमपि बनाउँएर ‘वल्र्ड बैंक’मा बुझाँउनु पर्छ ।’

साबिकको जिल्ला विकास समितिको सिफारिसमा ४ वर्षअघि ‘वल्र्ड बैंक’सँग सम्झौता भएको तर पछि सिमसार क्षेत्रमा पर्यो भनेर वल्र्ड बैंकले सडक निर्माण गर्न अस्विकार गरेको उनले सुनाए । ‘०७१ माघमा सम्झौता गर्यौ, ०७१ मै नेपाल सरकारले तालमाथिको क्षेत्रलाई सिमसार क्षेत्र घोषण गर्यो,’ उनले भने, ‘त्यसपछि सिमसार क्षेत्र माथि बाटो बनाउँन वल्र्ड बैंकले अस्विकार गर्यो ।’ पछि नगरपालिकाबाट १ करोडको बजेट पर्यो खपौदीसम्म बाटो पु¥याएको उनले सुनाए ।

बाटोको कालोपत्रे गर्न प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयबाट १ करोड ३ लाख र सडक स्तरोन्नत्तिका लागि वल्र्ड बैंकबाट १ करोड ३० लाख रुपैयाको बजेट निकासा भएको उनले जानकारी दिए ।

वल्र्ड बाटबाट परेको बजेट बाटोको स्तरोन्नत्ति र प्रदेश सरकारबाट परेको बजेट खपौदि देखि पिच गर्न सुरु गर्ने उनले बताए । कुन कम्पनीले काम गर्ने भन्ने अझैं थाहा नभई सकेको निमार्णका लागि ई – टेन्डर खुला गरिने उनले जनाए ।

कमेन्टहरु
Loading...