पाल्पाको पर्यटन प्रवद्र्धनमा पहल

पोखरा, १९ भदौ/पाल्पामा पर्यटन प्रवद्र्धन गर्ने विषयमा सरोकारवाला निकाय एकजुट भएर लाग्नेमा प्रतिबद्ध

भएका छन् । उनीहरुले ‘पहाडकी रानी’ भनेर परिचित तानसेन लगायत जिल्लामा विभिन्न पर्यटकीय स्थल

हुँदाहुँदै पनि प्रवद्र्धन हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै आगामी दिनमा सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता

जनाएका हुन् ।

पाल्पाली समाज पोखराले तानसेनमा आयोजना गरेको पाल्पा उद्योग वाणिज्य संघ र पाल्पाली समाज

पोखराबीच पर्यटन प्रवद्र्धन विषयक छलफल कार्यक्रममा बोल्ने वक्ताले विश्वकै पर्यटकीय गन्तव्य पोखरा र

विश्वमै परिचित गौतम बुद्ध जन्मस्थल लुम्बिनीको बीचमा रहेर पनि तानसेन पर्यटन विकासमा भने पछि

परेकोमा चिन्ता व्यक्त गरे । उनीहरुले आगामी दिनमा मौजुदा पर्यटकीय गन्तव्यकोे प्रवद्र्धन तथा थप

गन्तव्य पहिचान गर्दै आन्तरिक सँगसँगै बाह्य पर्यटन प्रवद्र्धन विकासमा लाग्न अब ढिलो गर्नु नहुनेमा जोड

दिए । पाल्पाली समाज पोखराले थालेको पहल सह्राहनीय भएको र तत्कालै पाल्पा झल्काउने काठमाडांै,

पोखरा, लुम्बिनी, चितवनमा डिजिटल बोर्ड राख्ने विषयमा व्यवसायी सहमत भएका छन् ।

समाजमा आवद्ध टोलीले पोखरा कर्म घर भए पनि जन्मघर पाल्पामा केही न केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ

पहिलो चरणमा सो कार्यक्रम गरिएको समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले जानकारी दिए ।

पाल्पाली समाज पोखरा तत्काल डिजिटल बोर्ड राख्ने, पोखरा–पाल्पा पर्यटन बस संचालन गर्ने, निर्वाचित

प्रतिनिधि तथा पर्यटन व्यवसायीबीच अन्तक्र्रिया गर्ने, पर्यटन प्रवद्र्धनका लागि पर्यटनको क्षेत्रमा काम गर्ने

व्यवसायी तथा सरोकारवाला संघसंस्थाबीच कार्यान्वयनको थालनी गर्ने एजेण्डा लिएर पाल्पा गएको कार्यक्रम

संयोजक बाबुराम खनालले बताए ।

पाल्पा उद्योग वाणिज्य संघ अध्यक्ष मोहनप्रसाद श्रेष्ठले संघको परिचय दिँदै संघले व्यावसायिक हितसँगै

जिल्लाको खानेपानी, शिक्षा, स्वास्थ्यमा पनि काम गरेको बताए । उनले संघकै पहलमा २०६४ सालमा पाल्पाली

करुवा निर्माण गरेको, शीतलपाटी, बसपार्कमा प्रतीक्षालय निर्माण, उजिरसिंहको पूर्ण कदको शालिक, वीरेन्द्र

फूलबाबरी पुनःनिर्माण गरेको र जसबाट पर्यटन प्रवद्र्धनमा समेत सघाउ पुग्ने विश्वास व्यक्त गरे । उनले

पाल्पाली समाजले विभिन्न एजेण्डा सहित जिल्लामा आएर पुलको काम गरेकोमा प्रशंसा गर्दै आगामी दिनमा

सहकार्य गर्दै अघि बढ्ने बताए ।

कार्यक्रममा समाजका तर्फबाट अध्यक्ष घिमिरेले पोखरामा प्रशस्त भित्रिने पर्यटक पाल्पासम्म ल्याउन अब ढिलो

गर्न नहुने बताए । त्यस्तै समाजका तर्फबाट संरक्षक तथा सल्लाहकार चिरञ्जीवी श्रेष्ठ, प्रथम उपाध्यक्ष रेशम

रचक, पूर्व सचिव प्रकाश पाण्डेले समाजको योजनाबारे जानकारी गराए ।

कार्यक्रममा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चकोरमान शाक्य, मधुदयाल सैजू, राजु महर्जन, संघका

सल्लाहकार बुद्धिप्रसाद शर्मा, संघका महासचिव यादवसिंह कार्की, वाणिज्य उपाध्यक्ष शैलेन्द्र भट्टराई, उपाध्यक्ष

कमलकृष्ण कार्की, समाजका सल्लाहकार जनपुकार मुनन्कर्मी, द्वितीय उपाध्यक्ष बालचन्द्र परियार लगायतले

मन्तव्य व्यक्त गरेका थिए ।

यसैगरी, समाजले जनप्रतिनिधिसँग पनि अन्तक्र्रिया गरेको छ । तानसेन नगरपालिकाकामा भएको

कार्यक्रममा जनप्रतिनिधिले पाल्पामा तत्काल आवश्यक रहेको खानेपानी अभाव पूर्ति तथा सिद्धबाबा

सडकखण्डको विकल्प खोज्न पहल थालिएको जानकारी दिए ।

कार्यक्रममा प्रदेश सांसद डा. पूरन बज्राचार्य, तानसेन नगरप्रमुख अशोककुमार शाही, उपप्रमुख लक्ष्मी गिरी

पाठक, वडाध्यक्ष रामप्रसाद घिमिरे, सागर महर्जन, मुक्ति जिसी, पत्रकार राजेशकुमार अर्याल, नगरपालिकाका

सामाजिक विकास अधिकृत भरत आचार्य, पाल्पाली समाजतर्फबाट अध्यक्ष कुलप्रसाद घिमिरे, संरक्षक तथा

सल्लाहकार चिरञ्जीवी श्रेष्ठ, सल्लाहकार जनपुकार मुनन्कर्मी, पूर्व सदस्य प्रकाश पाण्डे, प्रथम उपाध्यक्ष रेशम

रचक लगायतले पाल्पाको पर्यटन प्रवद्र्धनको विकासबारे बोलेका थिए ।

सो अवसरमा पाल्पाली समाजको टोलीले रानीमहल लगायत पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण समेत गरेको

पत्रकार विजय नेपालले जनाए ।

कमेन्टहरु
Loading...