पियनले पढाउछिन् विद्यार्थीलाई

काठमाडौ, ९ माघ /नवलपरासीको कावासोती १५ शेरगन्जस्थित माझी प्राविमा शिक्षक अभावले सहयोगी ९पीयन० ले समेत कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ ।

विद्यालय सहयोगी मनमाया माझी वालबालिकाको लागि दिवा खाजा मात्र तयार पार्दिनन्, शिशु र कक्षा १ लाई पढाउने जिम्मेवारी समेत वहन गर्छिन् । त्यसै खाली बस्नुभन्दा आफूले जानेका कुरा पढाउने गरेको उनले बताईन् । आजको कान्तिपुरमा समाचार छ ।

‘राहत दरबन्दी एक जना र बालविकासतर्फको एक जना गरी दुई जना शिक्षिका मात्र विद्यालयमा छौं’ प्रधानाध्यापक रामकुमारी मर्दनियाले भनिन्, ‘पियनले पनि कक्षा सञ्चालन गर्नुहुन्छ ।’ अहिले विद्यालयमा ६० छात्रछात्रा अध्ययनरत छन् । जसमध्ये तीन जना बाहेक अन्य सबै विद्यार्थी माझी, मुसहर समुदायका हुन् ।

कमेन्टहरु
Loading...