Ganthan News Pokhara
All news from Pokhara & around

पोखराको जिरोमा दुर्घटना हुदाँ युवती घाइते

पोखराको जिरोमा दुर्घटना हुदाँ युवती घाइते
0

पोखरा, १४ बैशाख /पोखराको जिरो किमिमा माइक्रो बस र स्कुटर ठोकिँदा शुक्रबार एक युवती घाइते भएकी छिन् ।

पृथ्वीचोकबाट हरिचोक तर्फ जादै गरेको ग १ ज ६७११ नम्बरको माइक्रो बस र स्कुटर ठोकिदा सेदीबगर निवासी स्कुटर चालक अन्दाजी २२ वर्षीय अस्मीता थापा घाइते भएकी हुन् ।

घाइते थापाको रिजनल हस्पिटल जिरो किमिमा उपचार भएको छ । घाईतेको अवस्था सामान्य रहेको बताईएको छ ।

बस चालक २१ वर्षिय राजु नेपाली र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु