आयल निगमको डिपोमा अग्नी नियन्त्रण तथा विपद् प्रतिकार्य तालिम

पोखरा, २८ असार/नेपाल आयल निगमको गगन गौंडा डिपोमा अग्नी नियन्त्रण तथा विपद् प्रतिकार्य सम्वन्धी एक दिने तालिम शनिवार सम्पन्न भएको छ ।

निगमको गण्डकी प्रादेशिक कार्यालय गगनगौंडामा अग्नी नियन्त्रणका प्रभावकारी उपायहरु, दुर्घटनामा उद्धार र प्राथमिक स्वास्थ्य उपचार लगायतका विषयमा तालिम प्रदान गरिएको गण्डकी धवलागिरी पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष राजन गौगजुले जानकारी दिए ।

नेपाली सेनाको ३ नम्बर राजदल गण खैरेनीटार तनहुँको समन्वयमा सेनाको विपद् व्यवस्थापन तालिम शिक्षालय काठमाण्डौंका प्रशिक्षकले सहजीकरण गरेका थिए ।

स्थानीय वासिन्दा सहित निगमका कर्मचारी, पेट्रोलियम ब्यवसायी, ट्यांकर व्यवसायी, ट्यांकर चालक, नेपाली सेना तथा नेपाल प्रहरीका सुरक्षाकर्मी सहित एक सय ५० जना तालिममा सहभागी भएको गोंगजुले जानकारी दिए । सहभागीहरुलाई आगलागी हुँदा अपनाउनु पर्ने सावधानी, विपद्मा फेसकाहरुलाई गरिने उद्धार तथा प्राथमिक स्वास्थ्य उपचार लगायतका विषयमा सहजीकरण गरिएको थियो ।

नेपाल आयल निगम लिमिटेड गण्डकी प्रादेशिक कार्यालयका प्रमुख विनी श्रेष्ठको अध्यक्षतामा भएको तालिमको शुभारंभ कार्यक्रममा नेपाली सेना ३ नं राजदल गण खैरेनीटारका गणपती प्रमुख सेनानी लोकेश के.सी., सेनानी ज्ञान राज कार्की, सेनानी प्रशन्न राणा, सेनानी सौगात सिंखडा, नेपाल प्रही डाँडाको नाकका प्रमुख प्रहरी नायव उपरिक्षक मोहन बहादुर खाँड, पोखरा महानगरपालिका वडा नं २९ का वडाध्यक्ष चेत बहादुर गुरुङ्ग, उपभोक्ता मञ्च कास्कीका सचिव मिलन तिवारी, राष्ट्रिय पेट्रोलियम डिलर्स एशोसिएशनका उपाध्यक्ष कपिल प्रसाद अधिकारी, गण्डकी धवलागिरी पेट्रोलियम डिलर्स एशोशिएशनका अध्यक्ष राजन गौंगजु, गण्डकी टैंकर ब्यवसायी संघका अध्यक्ष सुरेन्द्ररमण पराजुली, गण्डकी टैंकर चालक संघका सचिव शिव बहादुर पौडेल लगायतले पेट्रोलियम पदार्थ जस्तो संवेदशनशिल क्षेत्रमा विशेष सावधानी अपनाउनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रमका अध्यक्ष एवं निगमका प्रमुख श्रेष्ठले तालिम प्रभावकारी रहेको उल्लेख गर्दै, आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेकी थिईन । कार्यक्रम नेपाल आयल निगम लि. का सहायक प्रवन्धक परशुराम अधिकारीले संचालन गरेका थिए ।

कमेन्टहरु
Loading...