व्यवसायी र आयल निगमको कुरा मिल्यो, आइतबार देखि पेट्रोल सहज हुने

काठमाडौं, २८ साउन /व्यवासीको आन्दोलनका कारण पोखरामा पेट्रोलमा भएको अभाव आइतबार देखि समाधान हुने भएको छ । व्यवसायी र नेपाल आयल निगम बिच सहमती भए पछि आइतबार देखि पेट्रोल सहज हुने भएको हो । आयल निगमले पेट्रोलियम ढुवानी गर्दा हुने प्राविधिक क्षति ‘सिङ्केज लस’ को क्षतिपूर्ति बढाउने निर्णय गरे पछि व्यवसायीले आन्दोलन स्थगित गरेका हुन् ।

निगम सञ्चालक समितिको बिहीवार अबेरसम्म बसेको बैठकले व्यवसायीलाई साविकमा दिइरहेको सिङ्केज लसको क्षतिपूर्ति बढाउने निर्णय गरेको छ । सञ्चालक समितिको बैठकले हाल प्रति चार हजार लिटर पेट्रोलमा दिइँदै आएको सिङ्केज लसको क्षतिपूर्ति ३५ लिटरबाट १० लिटर बढाएर ४५ लिटर दिने निर्णय गरेको छ । त्यस्तै, प्रति चार हजार लिटर डिजेलमा हाल दिइँदै आएको क्षतिपूर्ति २४ लिटरबाट बढाएर २७ लिटर पुर्‍याइएको छ ।

पेट्रोल ढुवानीका क्रममा ६५ लिटरभन्दा माथि हुने प्राविधिक क्षति हुने दावी गर्दै सोअनुसार क्षतिपूर्ति पाउनुपर्ने मागसहित व्यवसायी आन्दोलनमा छन् । त्यस्तै, डिजेलमा यस्तो क्षतिपूर्ति ४० लिटरभन्दा माथि पाउनुपर्ने माग व्यवसायीको छ ।

क्षतिपूर्ति नबढाएको भन्दै व्यवसायीले बिहीवारदेखि निगमसँग पेट्रोल-डिजेल किन्नै छाडेका छन् । माग सम्बोधन नभए ३१ गतेदेखि पेट्रोलियम बिक्री नै ठप्प पार्ने व्यवसायीको चेतावनी छ ।

कमेन्टहरु
Loading...