निगममा भ्रष्टचार गर्नेलाई छाड्दीन मन्त्री–मण्डल

५ वर्षमा ९० दिनलाई पुग्ने भण्डारण क्षमता पु¥याछु -खड्का
सागर राज तिमिल्सिना
पोखरा, ३ भदौ/आपूर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगममा भएको भ्रष्टचारको विषयमा दोसी भेटिए कसैलाई पनि नछाड्ने बताएका छन् । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघको बाहौ साधारणसभा तथा छैठौ महाधिबेशनको पोखरामा उद्घाटन गर्दै मन्त्री मण्डलले मन्त्रालय अन्तरगत कुनै पनि ठाउँमा भ्रष्टचार भएको पाए कुनै पनि हालतमा नछाड्ने बताए ।

जस्तो सुकै परिस्थितीमा पनि दोषीलाई कारबाही गरेर छोड्ने उनको दाबी छ । दोषी ठहर भएको खण्डमा कारबाही गर्ने कुरामा मन्त्रालय दृढतापूर्वक लाग्ने बताए । उनले पेट्रोलियम व्यवसायमा आधुनीकिरण आवश्यक रहेकोमा जोडदिए । आधुनीकिरण गर्न सरकारी र निजी क्षेत्र दुबै लाग्नु पर्ने उनको भनाई छ । उनले नेपाली ग्यास बुलेटमा आएको समस्या छिटै समाधान हुने बताए । समाधानका लागि प्रधानमन्त्रीले भारत भ्रमणका बेला राख्ने एजेण्डामा समाबेस भएको बताए ।

कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का ५ वर्ष भित्रमा ९० दिनलाई पुग्ने गरि भण्डारण क्षमता पु¥याउने बताए । उनले जस्तो सुकै परिस्थितमा पनि ५ वर्ष भित्रमा ९० दिनलाई पुग्ने गरी भण्डारण क्षमता पु¥याउने गरि काम भइरहेको बताए । जग्गा खरिद बारे सञ्चार माध्यममा आएका समाचारले आफुलाई केही फरक नपर्ने बताए ।

उनले आयल निगम भित्रै सिस्टममा सुधार गर्नु पर्ने अवस्था रहेको बताए । आयल निगमलाई समाप्त पार्ने खेलमा केहि तत्व लागेको भन्दै खड्काले निगमलाई बचाउन सबै लाग्नु पर्ने बताए । उनले ट्याङकरमा लकर सिस्टमलाई छिटै पुरा गर्ने बताए । अहिले सम्म ४ सय ट्याङकरमा लकर राखिसकिएको र बाकि रहेकामा पनि क्रमश राख्दै जाने बताए । उनले पम्ममा जादाको लसलाई नाप तौल तथा गुणस्तरले दिने रिपोटका आधारमा कार्यान्यन गर्ने बताए ।

कार्यक्रममा व्यवसायीहरुले नेपाली ग्यास बुलेट सञ्चालनमा ल्याउन नपाउदा व्यावसायीलाई मर्का परेको, पेट्रोलीयम पद्धार्थमा लस बढ्दै गएको लगाएतका समस्याहरु रहेको बताएका थिए । दुई दिन सम्म सञ्चालन हुने अधिबेशनले नयाँ नेतृत्व चयन गर्दै सकिने छ । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी समितिका देशभरबाट करिब २ सय जना प्रतिनिधिहरु सहभागी भएको छन् ।

कमेन्टहरु
Loading...