नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेश अध्यक्षमा गिरी

पोखरा, २५ फागुन /नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेश अध्यक्षमा एकराज गिरी निर्वाचित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशको शनिबार भएको प्रथम अधिबेसनले दीननाथ बराललाई १ मतले पराजित गर्दै गिरी अध्यक्षमा बिजयी भएका हुन् ।

निर्वाचित अध्यक्ष गिरीले २४ मत प्राप्त गरे भने उनका प्रतिष्पर्धी बरालले २३ मत प्राप्त गरे । कुल ५१ मत रहेको मञ्चमा ४८ मत खसेको थियो । १ मत भने दुबै जनालाई भोट नहाली खाली भएकाले बदर भएको थियो ।

मञ्चको उपाध्यक्षमा रञ्जन अधिकारी, महासचिवमा बिजय नेपाल, सचिवमा राजाराम पौडेल र कोषाध्यक्षमा शशि पौडेल निर्विरोध निर्वाचित भए ।

त्यस्तै मञ्चको खुल्ला सदस्यहरुमा उमेश पुन, नारायण शाही ठकुरी र रोशन अधिकारी निर्विरोध चयन भए । यसैगरी समावेशी सदस्यमा सुशील नेपाली (दलित), कविता घर्ती मगर (महिला) र गीता रानामगर (आदिवासी जनजाति) निर्विरोध चयन भए ।

कमेन्टहरु
Loading...