एन प्याब्सन कास्कीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पोखरा, ६ असोज / एन प्याब्सनले शुक्रबार देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई

ज्ञापनपत्र पठाएको छ । संघीय व्यवस्थापिका संसदबाट पारित अनिवार्य तथा निशुल्क शिक्षाको सम्बन्धमा

व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रति असहमति जनाउदै देशभरबाट ज्ञापनपत्र पठाएको हो ।

एन प्याब्सन कास्कीले पनि शुक्रबार नै जिल्ला प्रशासन कार्यालय कास्की मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पठाएको छ । एन प्याब्सन कास्कीका अध्यक्ष रामबहादुर मोचीले कास्कीका प्रमुख जिल्ला अधिकारी चक्र

बहादुर बुढालाई ज्ञापनपत्र बुझाएका थिए ।

एन प्याब्सन केन्द्रिय उपाध्यक्ष याम खड्का, एन प्याब्सन केन्द्रिय सदस्य राम बहादुर थापा, एन प्याब्सन

प्रदेश समिति एवम् एन प्याब्सन कास्कीका पदाधिकारी एवं सदस्य र एन प्याब्सन कास्कीमा आवद्व सदस्य

विद्यालयका संस्थापक प्राचार्यको टोली ज्ञापनपत्र बुझाउन पुगेको थियो ।

ज्ञापनपत्र बुझाउँदै एन प्याब्सन कास्कीका अध्यक्ष रामबहादुर मोचीले दशकौंदेखि निजी क्षेत्रले राष्ट्रको शैक्षिक

उन्नयनमा पु¥याएको योगदानलाई अवमूल्यन गर्दै सरकारले ल्याएको शिक्षा विधेयक २०७५ प्रति असहमति

रहेको उल्लेख गरे । ज्ञापनपत्र अनुरोधपत्र भएको र यसलाई वेवास्ता गरिए शशक्त आन्दोलनका कार्यक्रम

ल्याउन बाध्य हुने उनको भनाई थियो । प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले सरकारसँग सहकार्य गरी

असहमतिका विषयहरुलाई वार्तामार्फत समाधान गर्नुपर्ने कुरामा जोड दिए । सो कार्यक्रममा एन प्याब्सन

कास्कीका सचिव मनकाजी गुरुङले पनि बोलेका थिए ।

कमेन्टहरु
Loading...