पोखरामा नो हर्न जोन बास्तबिकता र कार्यान्वयन

लक्ष्मण तिमिल्सिना
लक्ष्मण तिमिल्सिना

लक्ष्मण तिमिल्सिना

स्थानिय तहमा जनप्रतिनिधि आए पछि मात्र तातिएको या तताइएको बिषय होइन हर्न निषेध क्षेत्र। बिगतमा केहि समय अघि देखि मुख्य पर्यटकिय क्षेत्र हर्न निषेधित गर्ने योजना बिभिन्न चरणमा असफल बन्दै गएको थियो । घोषणा दुइ पटक भयो लेकसाइड क्षेत्रलाई हर्न निषेधित क्षेत्र बनाउने ,घोषणा गरियो आत्मसाथ गराइएन ।

यसपटक जनप्रतिनिधि आए पछि समेत यो बिषय एजेण्डामा नपर्ने कुरै रहेन , पटक पटक यस बिषयमा छलफल हुदै आएकोे भएतापनि यति बेला पोखरा लेखनाथ बासिले नया समाचार सुन्न पाए ,पोखरालेखनाथ समेत हर्न निषेधित क्षेत्र घोषणा गरिने । बास्तबिकतामा रहेर कुरा गर्दा हर्न निषेधित गर्नको लागि सडक पुर्णतया अबरोध रहितका हुनु जरुरी छ । पोखरालेखनाथ क्षेत्रका सडकका बर्षेनि टालटुले खाल्डा खुल्डि, अव्यवस्थित चौपाया र नागरिकको सडक चेतनाका साथै सवारी धनिको हतारोपना समेत चुनौति चाहि अवश्य बन्ने नै छ ,निर्णय कार्यान्वयनका लागि ।

महानगरको मुख्य र ब्यस्त सडक क्षेत्रका साथै मुख्य पर्यटकिय ,धार्मिक र ब्यापारिक केन्द्र,बिद्यालय क्षेत्र,पार्क,अस्पताल लगायतका महत्वपुर्ण सार्वजनिक क्षेत्रमा हर्न बजाउन नदिने कुरामा महानगरबासि पनि सहमत देखिन्छन । अत्यन्तै आकस्मिक अवस्थामा भने हर्न वजाउन पाइने प्रावधान कायम बन्छ नै ।पोखराका सडकहरु नागबेलि धेरै छन तसर्थ घुम्ति तथा घुमाउरा बाटाहरुमा भने हर्न बजाउनू जरुरी हुन्छ र यस्ता अवस्थामा हर्न बजाउन भने पाइन्छ नै ।

श्रवण शक्ति रास नहुने , निर्णय जनपक्षिय
बैज्ञाािकहरुले मानिस जीव जन्तुले सुन्नको लागि ध्वनिको सामथ्र्य जिरो डेसिबल भन्दा बढी हुनुपर्ने र साधारणतया कुराकानी गर्दा ५० देखि ७० डेसिबल सम्मको ध्वनि प्रसारित हुने र उक्त ध्वनिले मानिसको सुन्न सक्ने क्षमतामा केहि असर नपार्ने प्रस्ट्याएका छन् ।

८० डेसिबल सम्मको ध्वनि मानिसले सुन्दा श्रवण शक्तिमा प्रतिकुल असर नपर्ने देखिन्छ । तर सवारी साधन हेरी कन तिनीहरुले ८० भन्दा बडी डेसिबलसको ध्वनि निकाल्ने गर्दछन , जुन ध्वनिले ध्वनि प्रदुशण निम्त्याउछ नै ,यसका अलावा प्रत्यक्ष्य रुपमा जनस्तरमा असर पार्दछ । ध्वनीलाई सुन्न सकिने अडिबल साउण्ड जुन २० हर्ज देखि २० किलो हर्ज सम्मको मान्न सकिन्छ तर भुकम्प जादा जमिनको कम्पन्नले गर्दा निस्कने ध्वनि हामि सुन्न सक्दैनौ जुन २० हर्ज भन्दा सानो हुन्छ जसलाई इन्फ्रासोनीक साउण्ड भन्ने गरिन्छ ।

२० किलोहर्ज भंन्दा बढी क्षमताको ध्वनि हामि सुन्न सक्दैनौ, जसले हाम्रो सुन्ने क्षमतानै नाश गराउन सक्छ , जसलाई अल्ट्रासोनीक साउण्ड भन्ने गरिन्छ । तसर्थ हामीले सुन्न सक्ने क्षमताको ध्वनिमा पनि सुन्ने समयले गर्दा असर भर पर्दछ । पोखरालेखनाथ क्षेत्र हर्न निषेधित बनाउनुको साथै मेलामहोत्सवबाट निस्कने ध्वनि ,अनावश्यक माइकिङ् रोकेमा सहरनै ध्वनि प्रदुशण मुक्त चाही बन्नेछ । अनावश्यक ध्वनि सुन्नु नपर्दा श्रवणशक्तिमा ह्रास आउदैन यस कदम प्रत्यक्ष जनताको स्वास्थ्य जोगाउनका लागि महत्वपुर्ण देखिनेछ ।

जनस्तरमा चेतना, निर्णयको स्वतस्फुर्त पालना

साउन एक गते देखि लागु गर्ने भानिएको यस निर्णय कार्यन्वयनको लागि जनस्तरमा चेतना जगाउनु जरुरि छ ,निर्णय पालना नगरे कारबाही गर्ने कुरा भन्दा जनताले स्वतस्फुर्त रुपमा महानगर ध्वनि प्रदुषण मुक्त बनाउने यस अभियानमा साथ दिए भने निर्णय कार्यन्वयनको पाटो सहज बन्नुको साथै ध्वनि प्रदुशण मुक्त पोखरा लेखनाथ सहर बन्ने छ । नत्र एकातिर जरिवाना तिरेर अर्को तिर हर्न बजाउदै आफ्नो बहादुरी देखाउने एक खालाको स्वभाव हाबी हुन पनि सक्छ ।

ट्याक्टर र मोडिफाइड बाइक , बन्न सक्छन चुनौती

प्राय गरि ठुला खालका सवारी साधन जुन डिजलबाटचल्ने गर्छन तिनले स्वाभाविक रुपमा ठुलो आवाज निकाल्ने गर्छन । धेरै सामान बोक्नको लागि बनाइएको सवारी साधनको इन्जिन धेरै सामथ्र्य भएको बनाइएको हुन्छ , यस्ता खालका इन्जिनले स्वभाविक रुपमै चर्को र हिंसात्मक आवाज निकाल्ने गर्छन । यस्ता सवारी सडकमा गुड्न नै नदिदा समेत ढुवानीमा समस्या पर्न सक्छ तसर्थ यसबारे बैकल्पिक मार्गबाट चल्न दिने प्रावधान बनाउनु उचित देखिन्छ । मोडीफाईड बाइकको हकमा भने कडा नियम बनाएर अनुगमन तथा कारवाही गर्नु जरुरि देखिन्छ , त्यो बाहेक कम्पनिबाटै आएका ठुलो सामथ्र्य भएका र चर्को आवाज निकाल्ने सवारी महानगरको सडकमा गुड्न नदिनु नै उपयुक्त हुनसक्नेछ ।

(उनि अनेरास्ववियु कास्कीका उपाध्यक्ष हुन्)

 

कमेन्टहरु
Loading...