उत्कृष्ट १० फाँपेन निलिमालाई

श्याम राना
पोखरा, ९ कात्तिक /एउटा मिठो गीत सुन्दा कस्को मन छुँदैन ? मिठो गीत गाउँने मान्छे कस्लाई मन पर्दैन ? एउटा सर्जकले गीतमा जीवन भर्छन । गायकले गाउँछन् । हामी सुन्छौ । र, मन मनमा बस्छ । अनि त्यहीँ गीतलाई जानी नजानी गुनगुनाउँछौ । किनकी त्यहाँ हाम्रो जीवन हुन्छ ।

मिठो गीत गाउँने कला र गला भएका प्रतिभाको खोजी गरि बेलाबेला गायन ‘रियाली टि सो’ भई रहन्छ । हजारौं प्रतियोगीबाट एउटा उत्कृष्टमा दरिन्छन् । र, विजेताको उपमा पाउँछन् । यस्तै, अहिले चर्चामा रहेको गायन ‘रियाली टि सो’ हो ‘नेपाल आइडल’ । यो गायन ‘रियाली टि सो’ जत्तिको चर्चित छ । उत्तिकै चर्चित छन् यस्का प्रतिस्पर्धी । देश तथा विदेशमा रहने लाखौं नेपालीको वाहवाही पाई रहेका छन् सबै प्रतिस्पर्धीले ।

शुक्रबार, आइडलको सातौं उत्कृष्ट प्रतियोगीबाट पोखराकी निलिमा थापा बाहिरिइन् । उनी बाहिरिएसँगै देश तथा विदेशमा रहने उनका प्रशंसक दुखि भएका छन् । आइडलको अडिसनमा गोल्डेन माइक(गाला राउन्ड प्रवेश) पाए पछि उनी आइडलको आशालाग्दि प्रतियोगीकी रुपमा चिनिन्थीन् ।
पोखराको बिग एफ एमले आयोजना गरेको ‘बिग आइकन’मा पनि उनी उत्कृष्ट पाचौं प्रतियोगीमध्येबाट बाहिरिएकी थिइन् ।

बिग एफएमका अध्यक्ष तथा बिग आइकनका प्रोग्राम चिफ महेश भण्डारी ‘रियाली टि सो’मा छोटो समयभित्र दर्शक र निर्णायकलाई प्रभाव जमाउँन पर्ने हुँदा पनि प्रतियोगीको प्रस्तुतीले भुमिका खेल्ने बताउँछन् । ‘रियाली टि सो जिवन्त हुन्छ,’ भन्छन्, ‘छोटो समयमा धेरै कुराको प्रफमेन्स गर्नुपर्छ । भोट अपिल गर्नुपर्छ । त्यसैले पनि उस्को पर्फमेन्सले प्रभाव पार्छ ।’ एक वर्षसम्म पढेको कुरा ३ घन्टामा लेख्न नसके म राम्रो विद्यार्थी हुँ भनेर घमन्ड गर्न नमिल्ने उनको तर्क छ ।

‘रियाली टि सो र परिक्षाको राम्रो र नराम्रो पक्ष पनि यहीं हो,’ उनले भने, ‘नसोचेको मान्छेले बाँजी मार्न सक्छ ।’ आफूँ पोखराको भएको र निलिमा बिग आइकनको पनि प्रतियोगी भएकाले निलिमा जितुन भन्ने लागेको उनले सुनाए । ‘प्रर्फमेन्स दिँदा निलिमा बिरामी थिएन भन्ने सुन्नमा पनि आएको छ,’ उनले भने, ‘आफू पोखराको भएको र निलिमा बिग आइकनको पनि प्रतियोगी भएकाले उनले जितुन भन्ने लागेको हो । तर, सबै प्रतियोगी उत्कृष्ट हुनुहून्छ ।’

बिग आइकनको नयाँ सस्करण छिट्टै आउँछ

बिग आइकनको आठौं संस्करण छिट्टै आउँने बिग एफएमका अध्यक्ष महेश भण्डारीले बताए । ‘अघिल्ला संस्करणमा श्रव्यदृश्य मात्र थियो,’ उनले भने, ‘यसपालि भिडियोमा पनि आउँछ । भिडियोका लागि काम नसकिएकाले रोकिएको छ ।’

यसअघि नेपाल आइडल सिजन १ का विजेता बुद्द लामा, बिक्रम बराल, सागर आले, भ्वाइस अफ नेपालका प्रतियोगी सिडी बिजय अधिकारी पनि बिग आइकनका उत्कृष्ट १० भित्र पर्न सफल प्रतियोगी हुन् ।

कमेन्टहरु
Loading...