यातायात व्यवसायीको आन्दोलन पोखरामा यातायात ठप्प

सागर राज तिमिल्सिना
पोखरा ६ फागुन /पोखरामा नयाँ नगर बस सञ्चालनमा आएको विरोधमा उत्रिएका यातायात व्यवसायीले आजदेखि गण्डकी अञ्चलमा चक्काजामको घोषणा गरेका छन् ।

बन्दका कारण यातायात सेवा ठप्प हुदा यात्रुहरु मर्कामा परेका छन् । बुधवार पोखरा नगर क्षेत्रमा सञ्चालन हुने र पोखराबाट छुट्ने सार्वजनिक सवारी बन्द हुदा यात्रु मर्कामा परेका थिए । गण्डकी अञ्चल अनिश्चितकालिन आम चक्काजामको घोषणाले विहान देखि नै पोखराम यातायात्र ठप्प छ ।

पोखरा नगर क्षेत्रमा सञ्चालन हुने गरी विन्ध्यावासिनी वस ब्यवसायी समिति अन्तर्गतका तीन वटा नयाँ बसले रुट इजाजत पाएपछि पुराना व्यवसायी आन्दोलित भएका हुन् । नयाँ समितिको रुट इजाजत खारेज हुनुपर्ने, प्रहरीले प्रक्राउ गरेका व्यवसायीलाई छाड्नु पर्ने लगायतका माग पुरा नभए सम्म आन्दोलन फिर्ता नहुने गण्डकी अञ्चल समन्य समितिका प्रवक्ता योेगेन्द्र केसिले बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनपछि यातायात ब्यबस्था विभागको पत्रका आधारमा यातायात ब्यबस्था कार्यालय गण्डकीले माघ १८ गते नयाँ समितिलाई बस सञ्चालनको रुट ईजाजत प्रदान गरेको थियो । नयाँ समितिका ३ वटा बस छन् ।

कमेन्टहरु
Loading...