दुर्घटना भइरहने पस्र्याङस्थित फिर्के पुल निर्माण गरिदैं

पोखरा, २५ पुस/६ लेनको सडक, तर साँघुरो पुल । पुलकै कारण सवारी दुर्घटना बढ्दै गएपछि सडक डिभिजन कार्यालय पोखराले पोखरा–५ पस्र्याङस्थित फिर्के खोलामाथि दुई–दुई लेनको पुल बनाउन शुरु गरेको छ । महानगरपालिकाको वडा नं ४ र ५ लाई जोड्ने पुलको दायाँ बायाँ पुल बनेपछि सवारी आवागमन सहज हुने छ ।

फराकिलो सडक कै अनुपातमा भईरहेको पुलको दायाँबायाँ एक–एक लेनको पुल निर्माण कार्य शुरु गरिएको सडक डिभिजन कार्यालय कास्कीले जनाएको छ । ‘भईरहेको पुलको दायाँबायाँ ३ मिटर चौडाईको दुई वटा पुल बनाउने काम शुरु गरिसकिएको छ ।’ सडक डिभिजन कार्यालय पोखराका इन्जिनियरि उज्वल शर्माले भने–‘गएको असारमा सम्झौता गरिएको हो । चाडबाड सकिएपछि भर्खरै काममा मोबिलाईज्ड भएका छन्् ।’ निर्माण गरिने पुलको लम्बाई ५० मिटरको हुने छ । पुरानो पुल पनि ५० मिटर लम्बाई र ६ मिटर चौडाईको छ ।

भूपि शेरचन राजमार्ग(पोखरा–बाग्लुङ सडक)को जिरोकिलोमिटरदेखि विन्ध्यवासिनी मन्दिरसम्मको सडक खण्ड ६ लेन बनाईएको छ । पस्र्याङस्थित फिर्के खोलामाथि भएको एउटामात्रै पुलले फराकिलो सडकको कमजोरी प्रष्ट्याईरहेको थियो । ‘पुलको दुवै साईडमा तीन÷तीन मिटरको अर्को पुल बनाँउछौं ।’ उनले भने–पुल बनेपछि तीनवटा पुलको लम्बाई १२ मिटरको हुने छ ।’ पुरानो पुलबाट ठुलो दुईवटा सवारी साधन मुश्किलले मात्रै पास हुन्छन् । सडक पुरानो टुडिखेलको हरिचोकसम्म विस्तार गर्ने भनिएपनि विन्ध्यवासिनी मन्दिरसम्म मात्रै फराकिलो बनाईएको छ ।

पुल दुई वर्षभित्रमा निर्माण पुरा गर्नेगरी सम्झौता गरिएको छ । काठमाडौंको शान्ति÷आरोग्यदेवी(जे.भी)ले ठेक्का सम्झौता अनुसार काम अघि बढाएको उनले जानकारी दिए । १७ करोडको लागत अनुमान गरिएको छ । कम्पनीले १५ प्रतिशत घटेर ठेक्का सम्झौता गरेको छ । ‘पुलको बीचमा मुख्य पिलर रहन्छ । अन्य दुई पिलर भने सहायकको रुपमा रहन्छ ।’ उनले भने ।

पोखरा महानगरपालिकाको सक्रियतामा तीन वर्ष अघि जिरोकिलोमिटरदेखि विन्ध्यवासिनी मन्दिरसम्मको तीनकिलोमिटर सडक खण्ड फराकिलो बनाईएको हो । झण्डै वर्षदिनको ढिलाईमा कालोपत्रे गरिएको थियो । स्थानीय बासिन्दाले धुलोकै कारण कालोपत्रे गर्नुपर्ने भन्दै पटक पटक अवरोध समेत गरेका थिए । इन्जिनियर शर्माका अनुसार भईरहेको पुललाई नचलाईकनै दुवै साईडमा निर्माण गरिने छ । पुल निर्माणपछि सवारी आवातजावतलाई सहज हुने उनको ठम्याई छ ।

फिर्केपुल
फिर्केपुल

पुलकै कारण त्यसक्षेत्रमा सवारी दुर्घटनाको तथ्यांक अनगिन्ती छ । प्रहरीका अनुसार त्यस क्षेत्रमा सवारी दुर्घटनामा परेर २ जनाको ज्यान गईसकेको छ । ‘पुलको दुवैतिर फराकिलो सडक छ । फराकिलो सडकमा तिब्रगतिमा हुँइकिएका सवारी एक्कासी साँघुरो पुलमा पुग्दा नियन्त्रण बाहिर जान्छन,’ प्रहरीको भनाई छ, ‘एक्कासी साँघुरो मुखमा पुग्दा दुर्घटनामा पर्छन ।’ रातीको समयमा त्यहाँ बढी दुर्घटना हुने गरेका छन् ।

करिब ३ किलोमिटर सडक २४ मिटर फराकिलो भएपनि त्यसकै मध्यभागमा ६ मिटर चौडाको पुल छ । जुन पुल सडक बिस्तार हुँदा पनि फैलिन सकेन । दुवैतिर सडक फराकिलो बनाईएपनि तर पुलले आकार नबढेकोले दुर्घटना बढी हुने गरेको स्थानीयबासी समेत बताउँछन् । जिल्ला प्रहरी कार्यालय कास्कीको तथ्यांक अनुसार बढी जसो मोटरसाईकल दुर्घटना बढी हुने गरेको छ । ठुला सवारी साधनको पनि स्पीड बढी हुदाँ जोखिम निम्त्याउने गरेको प्रहरीको बुझाई छ ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीका स्वकिय सचिव लक्ष्मण तिमिल्सिनाका अनुसार पुल निर्माणले बढ्दै गएको सवारी दुर्घटना न्युनिकरण हुने विश्वास छ । ‘साँघुरो पुलकै कारण बढी जोखिम थियो । पुल निर्माणपछि जोखिम कम हुने विश्वास छ ।’ उनको भनाई थियो । सडकमा दुर्घटना नहोस भनेर सांकेतिक चिन्ह राखेपनि चालकले वेवास्ता गर्दा दुर्घटनामा परेको हुनसक्ने उनले बताए । अहिले चल्तीमा रहेको पुल नभत्काइ दुईतिर थपिने उनले सुनाए । यही सडक पार गरेर पोखराबाट धवलागिरी अञ्चलका विभिन्न जिल्लामा जाने सवारी पनि संचालन हुन्छन । त्यसले गर्दा पनि पुल व्यस्तामध्येमा पर्छ ।

पोखराको फिर्के पुलमा मोटरसाइकल दुर्घटना, एक जना गम्भीर, पानीको पाईप फुट्यो

पोखराको फिर्केपुलमा मोटरसाइकल ठक्कर खादा एकको मृत्यु एक घाइते

ज्यान मारा पुल

 

कमेन्टहरु
Loading...