मलेसियालाई हराउँदै नेपाल एसीसी यू १६ टिम इस्टर्न रिजन च्याम्पियन

काठमाडौं, १५ बैशाख /नेपाल एसीसी यू १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको बिजेता बनेको छ । थाईल्यान्डमा सम्पन्न प्रतियोगिताको फाईनलमा मलेसियालाई ५९ रनले हराउँदै उपाधि जितेको हो ।

नेपालले दिएको १ सय ४१ रनको मध्यम लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ३५ ओभरमा ३४.५ ओभर खेल्दै सबै विकेट गुमाएर ८१ रन मात्र बनाउन सक्यो । उसका लागि मोहम्मद हाजिक ऐमानले सर्वाधिक १८ रन बनाउँदा ओपनर वान मोहम्मद अजामले १६ रनको योगदान दिए ।

जिनेद्र मुरलीले १४ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याट्समेनले दोहोरो रनको स्कोर बनाउन सकेनन् । मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका विशाल कुमार पटेलले सर्वाधिक ४ विकेट लिए । ७ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै १८ रन खर्चिए ।

यस्तै दीपक बोहोराले ३ विकेट लिए । समान ७ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै १६ रन खर्चिए । ६ ओभरमा एक मेडन राखेका निखिल कुमार सिंहले १ मेडन राख्दै ६ रन खर्चिएर १ विकेट हात पारे। यस्तै क्रिश कार्कीले १ रन खर्चिएर १ विकेट लिए ।

यसअघि थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धा्रित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो ।

नेपालका लागि प्रसान्त महतले सर्वा्धिक ४० रनको योगदान दिए। उनले ६७ बलमा ५ चौका प्रहार गरे । ओपनर दिपक बोहाराले २३, सुसान्त थापा ५, आईस भट्टराई २,कप्तान विशाल विक्रम केसीले १७, रोहन दुधराज विक ९ र विशाल कुमार पटेल २ रनमा आउट भए।

यस्तै कृष कार्की ९, निखिल कुमार सिंह १३ र तिलक राज भण्डारीले ८ रन जोडे । मलेसियाका लागि सचिनु हेतेगेले ३,जिनेन्द्र मुरली २,अहमद अकमल अलिफ, सिद्धार्थ कार्तिक, मोहम्मद इमरुल असराफ र सर्वेन सुरेन्द्रनले समान एक विकेट लिए थिए ।

कमेन्टहरु
Loading...