नेपाल संवतको असवरमा पोखरामा भिन्तुना ¥याली

पोखरा, ३ कात्तिक/नेपालीहरुको मौलिक संवत नेपाल संवत ११३८ को अवसरमा नेवा खलः कास्कीले पोखरामा भिन्तुना ¥याली निकालेको छ । दिपावली अन्र्तगतको नेवारी समुदायमा प्रचलित म्ह पुजाको दिनबाट नयाँ बर्ष प्राराम्भ हुने हुँदा आज दिन हरेक बर्ष जस्तै यस बर्ष पनि पोखरामा भिन्तुना ¥यालीमा निकालेको हो ।

नेवाःखलकाको आयोजनमा भएको ¥यालीमा विभिन्न जातजातीका झाँकी सहित पोखरा नगर परिक्रमा गरिने थियो । ¥यालीमा पोखराको सभागृहचोकबाट शुरु भई पोखराका मुख्य बजार परिक्रमा गरि नेवा छेँ भिमसेन टोलमा पुगेर शुभकामना सभामा परिणत भएको थियो । भिन्तुना ¥यालीमा नेवारी संस्कृतिमा आधारित बिभिन्न नृत्य, बाजा, तथा झाँकीको प्रदर्शन गरेका थिए ।

नेपालको मौलिक सम्बतका रुपमा रहेको नेपाल सम्बत राष्ट्रिय विभुती शंखधर साख्वाले चलाएका हुन् । साख्वाले तत्कालीन नेपाल भनेर चिनिने काठमाडौ, ललितपुर र भक्तपुरका जनताको ऋण तिरेर नेपाल सम्बत चलाएका हुन् । सरकारले नेपाल सम्बतका प्रबद्धर्धक साख्वालाई विक्रम सम्बत २०५५ सालमा राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

Related Posts

Add Comment

Leave a Reply (कमेन्ट गर्नुहोस्)