नेपालका प्रहरीका ३१ एसपी बढुवाको पर्खाइमा (को को सहित)

काठमाडौं, २५ कात्तिक / नेपाल प्रहरीका असार महिनादेखि १५ एसएसपी पद खाली छ । नयाँ प्रहरी नियमावलीमा बढुवाका लागि ४ वर्ष एउटै पदमा हुनुपर्ने प्रावधान ल्याइएपछि ३१ जना एसपी बढुवाको पर्खाइमा रहेका हुन् ।

बढुवाका लागि बसन्द कुबँर, डाक्टर गणेश रेग्मी, श्यामलाल ज्ञवाली, सन्दीप भण्डारी, रामदत्त जोशी, भरत बोहरा, मिरा चौधरी, किरण बज्राचार्य ’लाइन’मा छन् ।

त्यस्तै टेकप्रसाद राइ, रबिन्द्र केसी, पोषराज पोखरेल, नवराज भट्ट, उमेशराज जोशी, बुद्धिराज गुरुङ, नरेन्द्र उप्रेती, कुबेर कठायत, राजेन्द्र विष्ट, विष्णु केसी लयायतका एसपी पनि बढुवा कुरेर बसेका छन् ।

एसएसपी पद रिक्त भए पनि प्रहरी नियमावली अनुसार अहिले बढुवाको पर्खाइमा रहेका एसपीहरुको ४ वर्ष एउटै पदमा काम गरिरहेको पुग्ने समय आगामी फागुन १० गते हो ।

कमेन्टहरु
Loading...