पोखरामा नेपाल–भारत वाणिज्य सन्धि सहसचिब स्तर बैठक सुरु

सागर राज तिमिल्सिना
पोखरा, २४ माघ /नेपाल र भारतको १० वर्ष पुरानो वाणिज्य सन्धिको पुनरावलोकनका लागि सहसचिब स्तरीय बैठक पोखरामा सुरु भएको छ । नेपालले भारतीय बजारमा सामानहरु लौजान कसरी सजह बनाउने, भन्सारदर, यातायात लगाएतका बिषयमा छलफल हुने वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजुले जानकारी दिए ।

उनले भन्सार शूल्क जसमा नेपालले कृषिजन्य बस्तुको भन्सार छुट माग्ने, बस्तु जुन नेपालबाट भारत निर्यात हुन्छ त्यसमा छुट माग्ने, रेलमार्ग विस्तार जलमार्गको प्रवेशमा सहजताको विषयलाई उठान गर्ने लगाएतका विषयमा छलफल भएको बताए ।

सन् २००९ भएको सन्धि पुनारावलोकनको लागि यसअघि नेपाल र भारतबीच दिल्लीमा गत अगस्टमा वार्ता भएको थियो । सन्धि पुनारावलोकनका लागि भारतीय पक्ष सकारात्मक देखिएको सहसचिव सैंजूले जानाकारी दिए ।

सहसचिव स्तरीय बैठकमा नेपालको तर्फबाट ९ र भारतका तर्फबाट ७ जना गरि १६ जनाको छलफलमा सहभागीता छन् । भारतको तर्फबाट बाणिज्य सहसचिब भुर्पेन्द्र सिंह भल्लाले नेतृत्व गरेका छन् ।

कमेन्टहरु
Loading...