पोखरामा नेपाल भारत ऊर्जा बैठक सुरु

पोखरा, ९ माघ /पोखरामा नेपाल भारत ऊर्जा बैठक बुधबार देखी सुरु भएको छ । बैठकमा बुधबार सह सचिव स्तरीय भएको छ भने बैठकले पारित गरेका विषयलाई बिहीबार हुने सचिव स्तरीय बैठकमा छलफल हुने छ ।

बैठकमा नेपाल भारत सीमापार विद्युत प्रसारण लाइन निर्माण र इनर्जी बैकिङका बारेमा छलफल भएको ऊर्जा मन्त्रालयका सहसचिव प्रवीणराज अर्यालले जानकारी दिए ।

बैठकमा सन् २०१७ को फेब्रुअरीमा काठमाडौंमा भएको सचिवस्तरीय र गत १६ अप्रिल २०१८ मा नयाँ दिल्लीमा भएको पाचौं सहसचिवस्तरीय (जेडब्लूजी) बैठकका निर्णयमाथि समीक्षा हुनेछ अर्यालले जानकारी दिए । बैठकमा विद्यमान ढल्केबर (नेपाल)—मुजप्फपुर (भारत) ४०० केभी प्रसारण लाइनलाई २२० केभी र ४०० केभीमा सञ्चालन गर्ने, कटैया कुसाहा १३२ केभी प्रसारण लाइन र रक्सौल परवानीपुर १३२ केभी प्रसारणबारे छलफल गर्ने, न्यू बुटबल गोरखपुर (न्यू) ४०० केभी प्रसारण लाइन निर्माणको मोडालिटीमा सहमति गर्ने लगाएतका बारेमा छलफल भएको सहसचिब अर्यालले जानकारी दिए ।

अघिल्लो महिना नयाँ दिल्लीमा भएको नेपाल भारत ऊर्जा आदान प्रदान समितिको १३ औं बैठकले दुई देशबीच इनर्जी बैकिङका लागि सहमति जनाएको थियो । सहमतिलाई पोखरा बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने उनले बताए । बैठकमा दुवै देशको उर्जा सचिव, सहसचिब, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगाएतको सहभागीता रहेको छ । बैठकमा भाग लिनका लागि भारतिय उर्जा सचिव अजय भल्लाको नेतृत्वमा टोली पोखरा आएको छ ।

कमेन्टहरु
Loading...