नेपाल आइडलबाट सुजता आउट, को को छन् टप फोरमा

पोखरा, १० भदौ /गायन सम्बन्धी रियालिटी टेलिभिजन शो नेपाल आइडलबाट बुटबलकी सुजाता पाण्डे आउट भएकी छन् । एपिवान टेलिभिजनले सञ्चालन गरेको कार्यक्रममा बुटवलकी २१ वर्षीया सुजाताले बिहीबार प्रसारित कार्यक्रममा पर्फमर अफ दि डेको उपाधिसँगै गिटार उपहार जितेकी थिइन् ।

दर्शकको कम भोट र्आए पछि उनी बाहिरिएको घोषणा शुक्रबार प्रशारित कार्यक्रममा गरेको छ । बटम थ्रीमा भने पहिलो पटक बुद्ध लामा पनि परेका थिए। डेन्जर जोनमा सुजातासँगै प्रताप दास पनि परेका थिए। बाबाकी प्यारी छोरीु को उपमा पाएकी सुजातालाई जजहरुले पटक पटक अघिल्ला कार्यक्रमहरुमा पटक पटक प्ले ब्याक सिङ्गिङका लागि उपयुक्त स्वर भन्दै प्रशंसा गरेकका थिए।

सुजाता बाहिरिएसँगै अब नेपाल आइडलमा बुद्ध लामा, निशान भट्टराई, सागर आले र प्रताप दास बाँकी रहेका छन्। अर्को हप्ता थप एक जना प्रतिस्पर्धी बाहिरिएपछि टप थ्रीबीच ग्रान्ड फिनाले हुनेछ र पहिलो नेपाल आइडलको उपाधि तीन मध्ये एकले पाउने छन्। पहिलो नेपाल आइडललाई मात्रै पुरस्कारको व्यवस्था गरे पनि दोस्रो र तेस्रो हुनेलाई समेत पुरस्कारको घोषणा गरेको छ । दोस्रो हुनेले नगद १५ लाख र तेस्रो हुनेलाई १० लाख दिने भएको छ ।

कमेन्टहरु
Loading...