नेपाल आइडल सिजन थ्रीको अडिसन पोखराबाट शुरु (भिडियो सहित)

पोखरा, १ असोज/ नेपाल टेलिभिजन इतिहासमै सबैभन्दा ठूलो गायन रियालीटी सो नेपाल आइडलको थ्रीको अडिसन मंगलबार पोखराबाट सुरु भएको छ ।

एपीवान एचडीबाट प्रशारण हुँदै आएको छ । पोखरा अडिसन पछि असोज ३ गते बुटलवमा, असोज ६ गते नेपालगञ्जमा, असोज १० गते वीरगन्ज, १४ गते विर्तामोडमा हुने आयोजकले बताएका छन् । कात्तिक ६ गते काठमाण्डौंमा अडिसन भए संगै अडिसनको कार्यक्रम सकिने छ ।

१६ वर्ष देखि ३० वर्षको उमेर समूहका नेपाली नागरिकले अडिसनमा सहभागी हुन पाउँने नियम अनुसार युवायुवती अडिसनका लागि सहभागी हुन आएका थिए । कार्यक्रमलाई अझ राम्रो बनाउदै लैजाने कार्यक्रमका निर्देशक लोकेश ब्रजार्चायले बताए ।

पोखराको सिमलचौर स्थित जनप्रिय माविमा मंगलबार भएको अडिसनमा सहभागी लिन आएका गण्डकी प्रदेशका युवाहरुले अडिसन अघि सडक, पसल र चोकमा गिटार बजाएर गित गाउँदा पोखरा संगीतमय बनेको थियो । उनीहरुलाई उत्साह थपगर्न नेपाल आइडल सिजन २ मा दोस्रो हुन सफल विक्रम बराल पनि अडिसन स्थलमा आएका थिए ।

नेपाल आइडल सिजन थ्री
नेपाल आइडल सिजन थ्री

उनले सहभागीलाई ढुक्क भएर गाउन सुझाब दिए । झरिमा भिज्दै पनि अडिसन दिनका लागि करिब ५ सय जना आएका थिए । नेपाल आइडल सिजन थ्री को निर्णयकमा संगीतकार न्यह्यू बज्राचार्य, संगीतकार तथा गायक कालिप्रसाल बास्कोटा र गायिका इन्दिरा जोशी रहेका छन् । अमेरिकन आइडलको फ्रेन्चाइज लिएर एपीवान टिभीले ३ वर्ष देखि नेपाल आइडल गायन प्रतियोगिता आयोजना गर्दै आएको छ ।

नेपाल आइडल सिजन थ्री मा विश्वविख्यात ब्रान्ड कोकाकोला मुख्य प्रायोजक रहेको छ भने सह प्रायोजन एनआइसि एसिया बैंकले गरेको छ । त्यसै गरि चर्चित अन्तराष्ट्रिय पेन्ट्स बर्जर नेपाल आइडलमा अनुबन्धित भएको छ । यसैगरी सिद्ध बाबा रिफाइन्ड आयल र बाल्ट्रा होम अप्लायन्स र बजार ब्यबस्थापनको जिम्मेवारी भने टेलिजेन्ज प्रा.लि ले लिएको छ ।

 

कमेन्टहरु
Loading...