नेपालले विश्व फुटसल च्याम्पियनसिप खेल्ने

पोखरा, २२ माघ /नेपाली फुटसल टोलीले फुटसल विश्व च्याम्पियनसिपमा छनोट भएको छ । नेपाली टोलीले अर्जेन्टिनामा मार्च ३१ बाट अगस्ट ७ सम्म हुने फुटसल विश्व च्याम्पियनसिपमा सहभागिता जनाउन लागेको हो ।

१२ औं संस्करणको विश्व च्याम्पियनसिपका लागि नेपाले एसिया महादेशबाट वाइल्ड कार्ड इन्ट्रीबाट छनोट हुन सफल भएको नेपाल फुटसल संघका उपाध्यक्ष सन्तोष पराजुलीले जानकारी दिए । च्याम्पियनसिपमा नेपालसहित विश्वका १६ राष्ट्रले सहभागिता जनाउने उनले जानकारी दिए ।
विश्वका महारथी खेलाडीहरुसँग खेल्न पाउनु नेपाली खेलाडीको लागि म्याच एक्सपोजर हुने उपाध्यक्ष पराजुलीले जानकारी दिए ।

नेपाली टिमको छनौटका लागि शुक्रबार राष्ट्रिय खेलकुद परिषदस्थित राखेपको कभर्डहलमा खुला छनोट प्रतियोगिता आयोजना उनले जानकारी दिए । १२ सदस्यी टोली यसअघि नै रहेपनि पुन खुल्ला छनोट गरिन लागेको उनले बताए । प्रतियोगितामा १२ खेलाडी र ५ जना अफिसियल सहित प्रयोगितामा भाग लिन जाने छ । नेपाल फुटसल संघ २०१६ मा स्थापना भएको हो ।

स्थापना पश्चात नै नेपालले श्रीलंकामा भएको तेस्रो साफ फुटसल च्याम्पियनसिपमा सहभागिता जनाउदै दोस्रो स्थान हात पारेको थियो । त्यस्तै नेपालले २०१८ मा पाकिस्तानमा ब्राजिल, टर्की, पाकिस्तान र नेपाल सम्मिलित प्रतियोगितामा तेस्रो स्थान हात पारेको थियो । यही प्रतियोगिताबाट नेपालले एसोसिएसन मुन्डियल डि फुटसल (एएमएफ) को पूर्ण सदस्यता प्राप्त गर्न सफल भएको थियो ।

च्याम्पियनसिपमा नेपाल सहित अर्जेन्टिना, अष्ट्रेलिया, क्यानडा, क्षटालोनिया, फ्रान्स, इटाली, पाराग्वे, रसिया, दक्षिण अफ्रिका, उरुग्वे, पाकिस्तान र कोलम्वियाले प्रतियोगितमा भाग लिने उनले जानकारी दिए ।

कमेन्टहरु
Loading...