नेपाल बन्दका कारण पोखराको जनजिवन प्रभावित

पोखरा, २९ साउन /नेता तथा कार्यकर्ता रिहाइको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी माओवादी विप्लप समुहको आयोजना भएको बन्दका कारण पोखराको जनजिवन प्रभावित भएको छ ।

पोखरामा विहानै देखी लामो तथा छोटो दुरीका सवारी साधन गुडेका छैनन् भने मुख्य बजार पनि बन्द छ । केही मात्रामा निजी सवारी साधनहरु र पसलहरु भने संचालन भएका छन् ।

शैक्षिक संस्था, उद्योग, कलकारखा पनि बन्द छन् । बन्द कर्ता भने सडकमा छैनन् । पोखरा मुख्य चोक चोकमा प्रहरी र शसस्त्र प्रहरी परिचालन भएका छन् ।

सरकारले नेकपा माओवादीका प्रवक्ता प्रकाण्ड, पोलिटब्युरो सदस्यहरु पदम राई, ओमप्रकाश पुन, मोहन कार्की, कृष्ण धमला, केन्द्रीय सदस्यहरु टेकबहादुर, देवनारायण शाह, गोरखा जिल्ला इन्चार्ज योगेन्द्र कुमाल लगायत नेता कार्यकर्तालाई गिरफ्तार गरेको विरोधमा नेपाल बन्दको आवाहान गरेको हो ।

कमेन्टहरु
Loading...