Ganthan News Pokhara
All news from Pokhara & around

सोमबार नेपाल बन्द हो कि हल्ला मात्रै ?

नेपाल बन्द
0

पोखरा, २२ बैशाख /सोमबार नेपाल बन्द भन्दै हल्ला अहिले निकै चलेको छ । तर यो बन्द कसले आह्वान गरेको भन्ने औपचारिक रुपमा सार्वजनिक भने भएको छैन ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भोलि सोमबार हुने भनिएको बन्दमा आफ्नो कुनैपनि संलग्नता नभएको स्पष्ट पारेको छ ।

नेकपाले वैशाख २३ गते नेपालबन्द आह्वान गरेको भन्ने कुरा गलत भएको विप्लव समूहका जिल्ला स्तरीय एक नेताले जानकारी दिए । हाल पार्टीले बन्दको कुनै पनि कार्यक्रम नराखेको उनले बताए ।

नेपाल कम्युनिष्ट पार्टी माओवादीले वैशाख २३ गते नेपाल बन्दको आव्हान गरेको भन्दै विज्ञप्ती सहित अनलाइनहरुमा समाचार आएको छ । तर त्यसको आधिकारीकता कतै छैन ।

केही महिना अगाडी पनि नक्कली विज्ञप्ती सामाजीक सञ्जाल आएपछि केही मात्रामा नेपाल बन्द भएको सुरक्षा निकाएले बताएको छ ।

सुरक्षा निकायले नक्कली विज्ञप्ती भएको भन्दै कहाँबाट आयो भन्ने छानविन भईरहको बताएको छ । बन्द है हल्ला मात्रै हो सुरक्षा निकाएले बताएको छ ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु