नयाँ पुल-घान्द्रुक सडकलाई २ करोड १० लाख

पोखरा, ५ पुस/ गण्डकी प्रदेशका सांसद राजिव पहारीले देशमा ३ तहको सरकार पहिलो प्राक्टिस भएको बताएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका – ६ हाइजुङ्ग ज्ञानोदय आधारभुत विद्यालयको रजत जयन्ती समारोह उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

मन परेको जुत्ता छानेर लगाउँदा पनि दुई/चार दिन सम्म डस्ने उनले सुनाए । ‘कहिलेकाही मन परेको जुत्ता छानेर लगाउँदा पनि दुई/चार दिन डस्छ,’ उनले भने, ‘त्यसैले सरकारले अहिले नै केही गरेन भनेर भन्नू उचित छैन ।’

पहिलो चरणमा सरकारको जग निमार्ण भएको उनले सुनाए । ‘घर निमार्ण गर्दा पनि डिपिसी लेभलमा आई सकेपछि मात्र काम देखिन्छ,’ उनले भने, ‘सरकारले केही नगरेको भन्न मिल्दैन । धेरै गरेको छ । अझ धेरै गर्न बाँकि छ । जग मात्र निर्माण गर्यौ । यसमा तला थप्न बाँकि छ ।

नयाँ पुल-घान्द्रुक बाटोलाई २ करोड १० लाख, लुन्द्रे लान्द्रुक बाटोलाई १ करोड

नयाँ पुलदेखि घान्द्रुक सम्मको बाटोलाई २ करोड १० लाख र लुुन्द्रेदेखि लान्द्रुकसम्मको बाटोलाई १ करोड छुट्याइएको उनले जानकारी दिए । ‘सकेसम्म पिच गर्ने लक्ष छ,’ उनले भने, ‘नत्र बाटोको स्तारोन्नति हुन्छ ।’

१० बुँदे मागसहित ज्ञापनपत्र

सोही कार्यक्रममा उनलाई विद्यालय व्यवस्थापन समितिले १० बुँदे मागसहितको ज्ञापन पत्र बुझाएको थियो । शिक्षक दरबन्दि, युरोगार्ड, कम्प्युटर लगायतका माग ज्ञापन पत्रमा समेटिएको छ । ज्ञापनपत्र बुद्मदै सांसद पहारीले सहयोगका लागि सक्दो पहल गर्ने प्रतिबद्दता व्यक्त गरे ।

‘बोलिमा होईन व्यवहारमा सहयोग गर्ने छु,’ उनले भने, ‘तपाईंहरुकै अमुल्य शुभकामना र आर्शिवाद र शुभकानाले चुनाव जिते । तपाईंहरुको गुनासो नसुनेर कस्को सुन्ने ?’ १ हप्ता भित्रमा १ सय विद्यार्थिलाई पुग्ने युरोगार्ड अनुदान दिने घोषण गरेका थिए ।

कमेन्टहरु
Loading...