नेत्रहिन संघलाई पोखरा चौतारीको सहयोग

पोखरा, २५ पुस / लायन्स क्लब अफ पोखरा चौतारीले नेत्रहिन संघ कास्कीलाई कम्प्युटर, छात्रवृत्ति र न्यानो कपडा सहयोग गरेको छ । क्लबले मंगलबार एक कार्यक्रमका बिच संघलाई सहयोग गरेको हो । क्लबका अध्यक्ष विश्व कुमार बिजुक्छेको सभापतित्वमा तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बि १ नेपालका गभर्नर बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

उक्त अवसरमा ७ वटा कम्प्युटर, ६ जनालाई जनही ५ हजार रूपैयाँको दरले छात्रवृत्ति र ६ जनालाई न्यानो कपडा क्लबले सहयोग गरेको कार्यक्रम संयोजक तथा डिष्ट्रिकका एडभाइजर मोहनबाबु खड्काले जानकारी दिए । भीमबहादुर तिमिल्सिनाले ६ वटा कम्प्युटर र राम बसेल, बिमल बसेल, विश्व कुमार बिजुक्छे, गुरु पौडेल, अशोक श्रेष्ठ र मोहन बाबु खड्काले क्लब मार्फट संघलाई नगद सहयोग गरेका हुन् ।

सरदकुमार सापकोटा, शिव खड्का, सनतकुमार श्रेष्ठ र कृष्ण बहादुर अधिकारीले न्यानो कपडा सहयोग गरे । जोन चियरपर्सन मीलन थापाले सोही कार्यक्रममा संघलाई एउटा कम्प्युटर सहयोग गर्ने घोषणा गरेकी छन् । जहाँ आवश्यकता छ त्यहाँ पुगेर लायन्स क्लबहरूले सेवा गरिरहेको गभर्नर बुर्लाकोटीले बताए । सामाजिक भावनाका साथ क्लबले गरेको सहयोग प्रशंसनीय रहेको संघका केन्द्रीय सचिव शिशिर खनालले बताए ।

कार्यक्रममा निबर्तमान डिष्ट्रिक गभर्नर ध्रुब थापा, चिफ एडभाइजर इन्दु लम्साल, एम्बेस्डर अफ गभर्नर विश्वेश्वर आचार्य, रिजन चियर पर्सन कृष्ण अधिकारी, माया लम्साल, जोन चियरपर्सन मीलन थापा, विनोद ढुंगाना, संघका केन्द्रीय सदस्य खुमराज शर्मा, कास्कीका अध्यक्ष लक्ष्मण सुवेदी लगायतले बोलेको क्लबका सचिव गुरू प्रसाद पौडेलले जानकारी दिए ।

कमेन्टहरु
Loading...