विप्लव नेतृत्वको नेकपाले बिहीबार देशव्यापी शैक्षिक हडताल

पोखरा, २३ माघ /नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृसंगठन अखिल (क्रान्तिकारी) ले बिहीबार देशव्यापी शैक्षिक हडतालको घोषणा गरेको छ ।

संगठनका केन्द्रिय कोषाध्यक्ष नरेन्द्र बिकलाई गिरफ्तारी गरि झुठा मुद्दा लगाएको भन्दै बिरोधमा शैक्षिक हडतालको घोषणा गरिएको क्रान्तिकारीले जानकारी दिएको छ ।

गैरन्यायिक गिरफ्तारी भएको भन्दै संगठनले शैक्षिक संस्था बन्द गरेको जनाएको छ । प्रकाण्ड पुत्र एवम अखिल (क्रान्तिकारी)का कोषाध्यक्ष बिश्वकर्मा गत १७ गते बेलुकी विराटनगर एयरपोर्टबाट पक्राउ परेका थिए ।

बिहीबार हुने हडतालको पुर्वसन्ध्यामा बुधबार पोखराको पृथ्वीनारायण क्याम्पस अगाडी मसाल जुलुस निकालेका छन् ।

कमेन्टहरु
Loading...